एमसीसी सम्झौता अरुले नपढेको भन्नु प्रधानमन्त्रीको समान्ती दम्भ होः भीम रावल

११ पुस ७८, सोमबार

१२ पुस, विराटनगर ।
नेकपा एमालेका नेता डा. भीम रावलले अमेरिकी परियोजना एमसीसीलाई सित्तैको भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको अभिव्यक्तिमा आपत्ति जनाएका छन्।

माओवादीको आठौं महाधिवेशन उद्घाटनका क्रममा आइतवार प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर एमाले नेता रावलले विरोध जनाएका हुन्। मूल सम्झौतासँगै आधा दर्जन सम्झौता गरी नेपाललाई अमेरिकी सामरिक स्वार्थमा दुरूपयोग गर्न एमसीसीअन्तर्गत आउने रकमलाई सित्तैमा आएको भनी देशको प्रधानमन्त्रीले भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति हो, उनले भनेका छन्, यस्तो कुरा नेपाल सार्वभौम, स्वाधीन र लामो सभ्यता भएको देश ठान्ने कसैले गर्नै सक्दैन।

उनले एमसीसी सम्झौता अरुले नपढेको भन्दै प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई पनि समान्ती दम्भ भनेका छन्। प्रधानमन्त्री देउवाले एमसीसीसँगको सम्झौता अरूले नपढेको भन्दै सबैलाई मूर्ख ठान्ने सामन्ती दम्भ देखाउनु भएको छ, उनले भनेका छन्, सम्झौतामा कहीँ राष्ट्रघात नदेखेको र सित्तैमा आएको पैसा किन नलिने भन्नु नेपालको हित, स्वाधीनता र अधिकारमा आँच पुग्ने प्रावधानप्रति आँखा चिम्लेर बाह्य शक्तिको नाङ्गो भक्ति हो।

प्रधानमन्त्री देउवाले आइतवार माओवादीको महाधिवेशनमा एमसीसी विशुद्ध विकास अनुदान भएको व्याख्या गर्दै यो स्वीकार्दैमा राष्ट्रघात नहुने दाबी गरेका छन्।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top