×

NEPAL TIMES UPDATES

Playing
ठूला माछा खोज्दै अख्तियार,पूर्वअर्थमन्त्रीसहित १३ जनाविरुद्ध भ्रष्टा चार मुद्दा || Nepal Times
May 07, 2026
Playing
प्रधानन्यायाधीश बन्ने डा. मनोजकुमार को हुन् ? सपनाको सपना अधुरै|| Nepal Times
May 07, 2026
Playing
युरोपविरुद्ध अमेरिका झनै कठोर, भन्यो–आतंकवाद विकसित हुने थलो|| Nepal Times
May 07, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-24-2083 || Nepal Times
May 07, 2026
Playing
इरानले के–के छाड्ने, अमेरिकाले के–के दिने ? सिंगल पेज मेमो तयार|| Nepal Times
May 07, 2026
Playing
बालेन सरकार अब नोट पठाएर मात्रै हुँदैन, परिणाम चाहिन्छ|| Nepal Times
May 07, 2026
Playing
नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड || Nepal Times
May 07, 2026
Playing
वर्षे अधिवेशनमा तीन विधेयकबाहेक अरू छैन बिजनेस|| Nepal Times
May 07, 2026
Playing
चिहानबाट आएको स्पष्टीकरण! जे*फ्री ए*प्स्टि*नकोसुसाइड नोटले विश्व तरंगित|| Nepal Times
May 07, 2026
Playing
स्मार्ट लाइसेन्सको नयाँ युगः नक्कली लाइसेन्स सडकमै छुट्टिने || Nepal Times
May 07, 2026

अर्थतन्त्रमा ‘लिभरेज रेसियो’को तरङ, गर्भनरले के भनेका थिए ?

१२ पुष २०७८

१२ पुस, काठमाडौं ।
पछिल्लो समय मुुलुकको अर्थतन्त्र गम्भीर संकट उन्मुख तिर ओरालो लाग्दै गएको छ ।

मुलुकको अर्थतन्त्र संकट उन्मुख तिर ओरालो लागेको पछिल्लो राष्ट्र बैंकको वित्तीय तथ्याङका सूचकहरुले पनि देखिएको छ । चालु आर्थिक वर्षको सुरुवातसँगै मुलुकको वित्तीय प्रणालीमा तरलता अभावले हाहाकार मच्चाएको छ ।

Advertisement
Advertisement

बजार तरलता अभाब हुनुमा सरकारले पुँजीगत खर्च गर्न नसक्नु तथा नेपालमा आयात अत्याधिक रुपमा बढ्नु मुख्य कारण रहेको राष्ट्र बैंकले बताउँदै आएको छ ।

यसरी मुलुकको अर्थतन्त्र संकट उन्मुख भएको र बजारमा तरलता अभाव झेलि रहेको अवस्थामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही दिन अगाडि आर्थिक पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बैंकहरुको ‘लिभरेज रेसियो’ को विषय उठाउँदै मुलुकको अर्थतन्त्रमा ठूलो समस्या नआएको देखाउन खाजेकाथिए ।

गभर्नर अधिकारीले बैंकहरुको ‘लिभरेज रेसियो’ को विषयले बजारमा अर्को तरङ्ग पैदा भएको छ । गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रमा कुनै समस्या छैनन् भन्न बैंकहरुको ‘लिभरेज रेसियो’ देखाएका होे त भन्ने प्रश्न उठ्न थालेको छ ।

गभर्नर अधिकारीले उक्त कार्यक्रमा ‘बासेल–३ कार्यान्वयनमा २, ३ आउँदा लिभरेज रेसियो भएको बताएका थिए । उनले भनेका थिए । बासेल–३ कार्यान्वयनका बेला अर्थात ५ वर्ष पहिला महत्वपूर्ण मानिएको लिभरेज रेसियो मुस्किलले ९ गुणामा थियो, अहिले १७ गुणामा चलेको छ, यो महत्वपूर्ण कुरा कसैले हेर्नु भएकै छैन ।

हामीले यस्ता सकरात्मक कुराहरु पनि हेर्नुपर्छ । बैंकहरुको सीसीडी रेसियो ८० प्रतिशतको व्यवस्था निकै अघिदेखि रहँदै आएको हो । गत साल कोभिडको बेला ८५ प्रतिशत पु¥याएको थियो । हामीले सीसीडी हटाएर सीडी ल्याउनुको पछाडि कारण लिभरेज जुन छ त्यो रेसियोको इन्डिकेसन हामीले अगाडिबाट हेर्दै गर्दा ठाउँमा राख्नुपर्छ भनेर ल्याएको हो । सिसिडी खारेज गरेर सिडी रेसियो नल्याएको भए अझ समस्या ल्याउने देखियो ।

राष्ट्र बैंकले सीसीडी दैनिक अपडेट गरिरहेका छौं । बैंकले सम्पूर्ण सूचना वेवसाइटमा राखेको छ । ९१ प्रतिशत सीसीडी पाउन सकिन्छ । ८५ बाट ९१ प्रतिशत हुँदाखेरी ६ प्रतिशत ‘ननकम्लायन्स’ बैंकको रेट पाइन्छ । त्यो भने कम्लाई गर्नुपर्ने विषय थियो ।

तर, ९० हुँदा ९१ हुँदा २ प्रतिशत मात्रै ‘ननकम्लाइन्स’ पाइन्छ । त्यसमा हामीले ‘ननकम्लाइन्स’ भनेको छैन । हामीले असारमा मात्रै गएर ‘ननकम्लाइन्स’ भन्छौं । यसले गर्दा बैंकिङ क्षेत्र सजिलो अवस्थामा बस्नुपर्छ ।

तर, किन बजारमा अर्कै खालको क्यान्सर आइरहेको छ । मैले बुझ्नसकेको छैन । तरलतामा कर्जाप्रवाह र निक्षेप संकलनमा मिसम्याचेस भइरहेको छ ।’
अर्थतन्त्र राम्रो देखाउन लिभरेज रेसियो कुरा ?

तर, गभर्नर अधिकारीले पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा मात्रै लिभरेज रेसियो कुरा राख्नु अर्थतन्त्र राम्रो देखाउनको लागि मात्रै भएको हो कि भन्ने बाहिर चर्चा भएको छ ।

गभर्नर अधिकारीले ठीक १४ दिन अगाडि मंसिर २३ गते बसेको अर्थसमितिको बैठकमा भने यो विषय उठान गरेका थिएनन् । समितिलाई मुलुकको अर्थतन्त्रको वर्तमान अवस्थाको विषयमा जानकारी दिँदा लिभरेज रेसियोको कुरा किन नउठाएर पत्रकारहरुसँग मात्रै उठाएका थिए भन्ने विषय पनि गम्भिर रुपमा उठ्न थालेको छ ।

गभर्नर अधिकारीले अर्थ समितिमा बजारका तरलताको विषयमा बोल्दै चालु आर्थिक वर्षको सुरुवात देखि तरलतामा चाप परेको बताएका थिए । उनले बैंकिङ प्रणाली मार्फत चार सय ११ अर्ब कर्जा प्रवाह हुँदा निक्षेप भने ६४ अर्बले मात्रै बढेको बताए ।

कर्जा प्रवाह र निक्षेप बीचको ३ खर्बले बैंकिङ प्रणाली ड्राईभ अफ हुने स्थिति देखिएको बताए । उनले भने,‘साउन महिना देखि मंसिरसम्ममा ४ सय ११ अर्बको कर्जा प्रवाह हुँदा ६४ अर्ब मात्रै निक्षेप वृद्धि भएको छ ।

यसरी प्रवाह भएको पैसा सबै देश बाहिर गयो । देश भित्र नै रहेको हुने थियो भने अहिलेको अवस्था आउने थिएन। अहिले कर्जा प्रवाह भएको ५० प्रतिशत आयातमा गएको देखिन्छ ।’

लिभरेज रेसियोको कुरा उठाउनु बेमौसमी बाजा

तर यता नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरिञ्जीवी नेपालले गभर्नर अधिकारीले अर्थतन्त्रको सूचक राम्रो देखाउन बैंकको लिभरेज रेसियोको कुरा उठाउनु बेमौसमी बाजा जस्तै भएको टिप्पणी गर्नु भएको छ ।

उनले राष्ट्र बैंकले अहिले कै अवस्थामा लिभरेज रेसियोसँग जोड्नु पर्ने अवस्था नआएको बताए । पूर्वगभर्नर नेपालले बैंकहरुको लिभरेज रेसियोको विषयमा बोल्न पर्ने जरुरी नभएको बताए ।

राजनीतिक दबाब हो कि ?

उनले बाहिर अर्थतन्त्र संकट उन्मुख रहेको हल्ला चलाउँदा स्पष्ट रुपमा बताउन खोज्नु राम्रो भएको तर बैंकको लिभरेज रेसियोलाई ल्याएर घुसाउन राजनीतिक दबाव हो कि भन्ने बुझ्नु पर्ने बताए । नेपालको अर्थतन्त्र संकट आउँदा विभिन्न दृष्टिकोणबाट हेर्नु पर्ने बताए ।

उनले यस्तो अवस्थामा राष्ट्र बैंक सतर्क हुनु आवश्यक भएको बताए । नेपाल राष्ट्र बैंकले विदेशबाट आउने रेमिटेन्स घट्यो, पुँजीगत खर्च बढ्न नसक्दा के गर्ने भन्ने विकल्प सोच्नु पर्ने हुन्छ तर बैंकहरुको लिभरेज रेसियो देखाएर अर्थतन्त्रका सूचक राम्रो देखाउनु आवश्यक नभएको बताए ।

गभर्नर अधिकारीले लिभरेज रेसियोको कुरा बाहिर ल्याउनु बासल थ्रि प्रयोग गर्न खोजेको बताए । उनले तत्काल नै बासल थ्रि लागू गर्ने अवस्था नभएको बताए । उनले विस्तारै लगाउनु पर्ने अवस्था आउने बताए । पूर्वगभर्नर नेपालले भने,‘राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको अवस्थामा बैंकहरुको लिभरेज रेसियोको विषयमा बोल्न पर्ने जरुरी रहेको थिएन,गभर्नर अधिकारीले स्पष्ट रुपमा बताउन खोज्नु भएको हुन सक्छ,तर,उहाँले कुन दृष्टिकोणबाट भन्नु भयो ।

त्यो उहाँको ठाँउमा छ तर, यो विषय उठाउनु पर्ने जरुरी थिएन । पछिल्लो समय बजारमा ठूलो हल्ला भएकाले पनि राष्ट्र बैंकले केही बाल्नुपर्ने स्थिति आएको हुनसक्छ । नेपालमा हरेक कुरामा राजनीति घुसेको हुन्छ । गभर्नरले बैंकको लिभरेज रेसियोलाई देखाएर अर्थतन्त्र राम्रो छ भन्नुमा पनि राजनीति सामेल भएको हुनसक्छ । यस्तो कुरा म आफैले भोगेको छु ।

म गभर्नर हुँदा बैंकको पुँजी २ अर्बबाट ८ अर्ब पु¥याउँदा बैकिङ क्षेत्र सकियो भन्नेहरु थिए । अहिले ती मान्छेहरु ८ अर्ब नप¥याएको भए धेरै बैंकहरु डुब्ने थिए । पछिल्लो डेर वर्षमा कर्जा विस्तार समेत उठ्न सकेको थिएन्। बैंक तथा वित्तीय संस्थालाई निकै अफठ्यारो पर्ने थियो । बैंकको पुँजी बृद्धि गर्दा बैंकिङ फाउण्डेशन पनि मजबुद भएको छ । यसले गर्दा कर्जा विस्तार हुँदा आर्थिक वृद्धिदर पनि बढेको थियो ।

यसरी केन्द्रिय बैंकले जुन नीति लिन्छ त्यो एउटा गभर्नर मात्रैले लिने होइन्। नीति बनाउने काम राष्ट्र बैंकको टिमले गर्दछ । यसले गर्दा गभर्नर अधिकारीले अहिले तत्काल लिभरेज रसियोको विषयमा बोल्नु आवश्यकता थिएन ।

तर, उहाँले अर्थतन्त्रमा संकट नै परेमा विकल्प यो पनि छ भन्न खोज्नु भएको हुनसक्छ । उहाँले लिभरेज रेसियोलार्इं नदेखाएर अर्थतन्त्रका सूचक धेरै नराम्रो छैनन्। अर्थतन्त्र राम्रो नै छ । केही संकट आएमा राष्ट्र बैंकले अन्य विकल्पका विषयमा पनि हेरिरहेको छ भन्नु पर्ने थियो । किनकी सरकारलाई भन्दा पनि विश्वले राष्ट्र बैंकलाई हेर्ने गरेको हुन्छ ।राष्ट्र बैंकले लिएको नीतिले मुलुकको अर्थतन्त्रलाई ड्राइभ गर्ने हो ।

बैंकले नीति राम्रो लिए अर्थतन्त्र पनि राम्रो हुन्छ । सरकार परिर्वतन हुन्छ,मन्त्री हुन्छन्,नीतिहरु परिर्वतन हुन्छन् तर एउटै मात्र संस्था हो जहाँ गभर्नर पाँच वर्ष परिर्वतन हुँदैन, अन्य नीतिलाई पनि मौद्रिक नीतिले नियमन गर्छ ।अहिलेको अवस्थामा राष्ट्र बैंक सर्तक हुनु पर्छ । किनकी नेपालको अर्थतन्त्र सँधै यस्तै अवस्था आउँछ । राष्ट्र बैंकले विदेशबाट आउने रेमिटेन्स घट्यो, पँजीगत खर्च बढ्न नसक्दा के गर्ने भन्ने विकल्प खोज्नुपर्छ ।

त्यसले गर्दा अहिलेको समय जोखिमको समय हो । यस्तो समयमा अर्थतन्त्रका सूचकहरु तलमाथि भए पनि राज्यसँग पैसा छ र बैंकहरुको पुँजी बलियो रहेको भन्न खोज्नु भएको हुनसक्छ । वास्तममा अहिले बैंक तथा वित्तीय संस्थाहरुसँग पैसा नभएर होइन ।

अहिले अन्य क्षेत्र भन्दा सबैभन्दा मजबुद क्षेत्रमा बैंकिङ क्षेत्र बलियो छ । अहिले मान्छेहरुले बाहिर बोलेर मात्रै सनत्रास फैलिएको हो । अहिलेको अवस्थाले मूल्य वृद्धि बढ्न सक्छ । सरकारले लिएको ७ प्रतिशतको आर्थिक वृद्धि हुन ठूलो चुनौती रहेको छ ।

यस्तो अवस्थामा राष्ट्र बैंकले समग्र अर्थतन्त्रको विषयमा आफ्नै तरिकाले हेर्ने गर्दछ । त्यसैले गभर्नर अधिकारीले बासल थ्रि प्रयोग गर्ने संकेत गर्नु भएको हुन सक्छ । बासल थ्रि अनुसार पहिले नै लागू गर्नु पर्ने हो । तर, विस्तारै लगाउँदा पनि हुन्छ ।

उहाँले बासल थ्रि अनुसार बैकको लिभरेज रेसियो राखेर पँजी र निक्षेप दुई पइन्ट प्रयोग गर्नु पर्ने हो। उहाँले अहिलेको अवस्थामा बासल थ्रि प्रयोग गर्नु खोज्नु भएको हुनसक्छ । यसलाई पनि नराम्रो मान्नु हुँदैन ।’

अर्थतन्त्र बाहिर हल्ला भएको जस्तो तहसनहस छैन्

पूर्वगभर्नर नेपालले मुलुकको पछिल्लो अर्थतन्त्र बाहिर हल्ला भएको जस्तो तहसनहस नै भएको अवस्था नभएको बताए ।

उनले अहिलेको तरलता लगायत अन्य समस्याले मूल्य वृद्धि बढ्ने देखिएको बताए । विगतमा पनि अर्थतन्त्रका सुचक अहिलेको जस्तै हुने गरेको उल्लेख गर्दै नेपालले अहिलेको मुख्य समस्या भनेको विदेशी मुद्रा सञ्चिती घटेको बताए ।

Advertisement
Advertisement

उनले अहिलेको अर्थतन्त्रको अवस्थाले सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धि गर्ने भने ठूलो चूनौती रहेको बताए ।

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top