रानीपोखरी खुल्दै, अभियन्ताले सुरु गरे सरसफाई अभियान

११ पुस ७८, सोमबार

१२ पुस, काठमाडौं ।
विश्व सरसफाई अभियन्ताहरुले एक महिने रानीपोखरी सरसफाई अभियान सुरु गरेका छन् ।

पुस ४ गतेदेखि माघ ४ गतेसम्म अभियन्ताहरुले एक महिने रानीपोखरी सरसफाई अभियान सुरु गरेका हुन् । रानीपोखरी, भोटाहिटी, महेन्द्र सालिक र जमल चोक वरपरका क्षेत्रमा अभियन्ताहरुले दिनको तीन पटकसम्म सरसफाई कार्यक्रम सञ्चालन गरिएको विश्व सरसफाई अभियन्ता राजमान मानवले जानकारी दिए ।

उनले २०१५ सालमा महानगरपालिका बनेदेखि काठमाडौं उपत्यकाको फोहोरको व्यवस्थापन महानगरले गर्ने भनिएपनि त्यो अनुसारको काम नभएको भन्दै काठमाडौं उपत्यका सफाई अभियान समूहको समन्वयमा रानीपोखरी वरपरका क्षेत्रहरु सफा गर्न लागिएको बताए ।

अभियन्ता मानवले बिहान ६ देखि ९ बजे, ११ देखि ४ बजेसम्म र राति ८ देखि ११ बजेसम्म गरी दिनमा तीन पटक फोहोर नगरौँ एक महिने अभियान सुरु गरेको बताए । विश्व सरसफाई अभियन्ता मानवले भने, ‘काठमाडौं भ्यालीलाई २०१५ सालदेखि यो ठाउँमा नगरपालिका बनेदेखि सफाईको जिम्मेवारी महानगरपालिकाले पाएको हो ।

त्यसबेलादेखि अहिलेसम्म काठमाडौं सफा भएको छैन । त्यसकारण यसलाई हामी सबैले यो हाम्रो मेथर्डलाई अब चेन्ज गर्नुपर्छ । मूल्यांकन गरौँ । भन्ने सोचका साथ २०६७ भाद्रबाट विश्वका र नेपालको विभिन्न फोहोर शहरहरु बढारेर हिँडेका छौँ ।

हामी पुस ४ गतेदेखि माघ ४ गते एकमहिनासम्म काठमाडौं उपत्यका सफाई अभियान समूहको समन्वयमा बिहान ६ देखि ९ बजेसम्म र १२ जनासम्मले बढार्ने र त्यसपछि फेरि ११ देखि ४ बजेसम्म फोहोर नगरौँ अभियान शुरु गरेका हौँ ।

त्यसपछि फेरि राति ८ देखि ११ बजेसम्म रानीपोखरी, जमलको वरिपरीका बाटो र पेटीमा दिनको तीन पटक सफा गर्ने अभियान शुरु गरेका छौँ ।’
अभियन्ता मानवले काठमाडौं यति धेरै अव्यवस्थित र फोहोरी कसरी भयो भन्ने बारेमा छलफल गरेर सरसफाईका कार्यक्रमलाई अघि बढाउनु पर्ने बताए । यता काठमाडौं महानगरपालिकाले रानीपोखरी सर्वसाधरणका लागि खुल्ला गर्ने तयारी गरेको छ ।

केहि साना संरचनाको निर्माण्को काम सम्पन्न भएपछि छिट्टै खुल्ला गर्ने बताइएको छ । रानीपोखरी आसपासको क्षेत्रमा भइरहेको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । रानीपोखरी प्रवेशद्वार, टिकट काउन्टर तथा शौचालयको निर्माण कार्य भइरहेको छ ।

रानीपोखरी प्रवेशका लागि जमल क्षेत्रमा प्रवेशद्वार सँगै फल्चाको पनि निर्माण कार्य भइरहेको छ । यस्तै, शान्तिवाटिका क्षेत्रमा गोलघर सहितका फल्चाहरुको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top