समाजसँग बालबालिकालाई जोड्न आवश्यक छः गगन थापा

१२ पुस, काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ गर्दै महामन्त्री थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताएका हुन् ।

कोरोनाको कारण आमाबुबा गुमाएका विद्यार्थीका लागि छात्रवृत्ति

उनले कोरोनाका कारण बुबाआमा गुमाएका बालबालिकाहरुको शिक्षामा कुनैबाधा नआओस् भन्ने हेतुले भरोसा छात्रवृत्ति अभियान शुरु गरेको बताए । महामन्त्री थापाले बालबालिकाहरुमा समाजले पनि केही गर्छ भनेर भरोसा ल्याउनका लागि र समस्यामा परेका बालबालिकाहरुका उचित शिक्षा दिनको लागि अभियानले काम गर्ने बताए ।

महामन्त्री थापाले भने, ‘यस्तो कुरा एकदमै धेरै मान्छेहरुलाई परेको छ । जसलाई परेको छ, त्यसलाई थाहा हुन्छ । आफ्नो परिवारमा जसले कमाउने मान्छे गुमाएको छ, त्यसको घरमा अरु पनि थुप्रै समस्या हुन्छ । बा,आमासँग मात्रै होइन, समाजसँग पनि घुलमिल हुनुपर्छ ।

सरकारले आफ्नो ठाउँबाट गर्ने सहयोग छँदै छ । कोरोनाको कारण आमाबुबा गुमाएका वा अभिभावक बिहीन बालबालिकाहरुको अध्ययन नरोकियोस् भनेर पवित्र मनबाट शुरु गरेको हो । समाजप्रति भरोसा ल्याउनको निम्ति यो अभियान शुरु गरिएको हो ।

पारदर्शी तरिकाबाट साथीहरुले चलाउनु हुनेछ । नेपालीहरुले आफैँ मिलेर पनि यस्ते अभियान चलाउन सक्छौँ भन्ने कुरा देखाउने पनि हो ।’

भरोसा छात्रवृत्ति अभियान सबै प्रदेशका सुरु हुने

भरोसा छात्रवृत्ति अभियान ७ वटै प्रदेशका २-२ वटा जिल्लामा सुरु हुनेछ । उक्त जिल्लाहरुमा कोरोनाको कारण आमाबुबा गुमाएका विद्यार्थीहरुको शिक्षाका लागि सहयोग गर्ने र आवश्यक्ताको आधारमा डिसहोमको नेटवर्कबाट छात्रावृत्ति रकम उपलब्ध उपलब्ध गराउने बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top