×

NEPAL TIMES UPDATES

Playing
ठूला माछा खोज्दै अख्तियार,पूर्वअर्थमन्त्रीसहित १३ जनाविरुद्ध भ्रष्टा चार मुद्दा || Nepal Times
May 07, 2026
Playing
प्रधानन्यायाधीश बन्ने डा. मनोजकुमार को हुन् ? सपनाको सपना अधुरै|| Nepal Times
May 07, 2026
Playing
युरोपविरुद्ध अमेरिका झनै कठोर, भन्यो–आतंकवाद विकसित हुने थलो|| Nepal Times
May 07, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-24-2083 || Nepal Times
May 07, 2026
Playing
इरानले के–के छाड्ने, अमेरिकाले के–के दिने ? सिंगल पेज मेमो तयार|| Nepal Times
May 07, 2026
Playing
बालेन सरकार अब नोट पठाएर मात्रै हुँदैन, परिणाम चाहिन्छ|| Nepal Times
May 07, 2026
Playing
नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड || Nepal Times
May 07, 2026
Playing
वर्षे अधिवेशनमा तीन विधेयकबाहेक अरू छैन बिजनेस|| Nepal Times
May 07, 2026
Playing
चिहानबाट आएको स्पष्टीकरण! जे*फ्री ए*प्स्टि*नकोसुसाइड नोटले विश्व तरंगित|| Nepal Times
May 07, 2026
Playing
स्मार्ट लाइसेन्सको नयाँ युगः नक्कली लाइसेन्स सडकमै छुट्टिने || Nepal Times
May 07, 2026

भाडामा बस्नेसँग बढी महसुल लिने ग्राहकको घरमा लाइन काटिने

१२ पुष २०७८

१२ पुस, काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले अब भाडामा बस्नेसँग बढी महसुल लिने ग्राहकको घरमा लाइन काट्ने भएको छ ।

प्राधिकरणले हालसालै संशोधन गरेको विद्युत् महसुल संकलन विनियमावलीमा डेरामा बस्नेसँग तोकिएभन्दा बढी महसुल लिएको पाइए लाइन काट्न सकिने उल्लेख छ ।

Advertisement
Advertisement

विनियमावलीअनुसार अब ग्राहकले जोडेको मिटरको क्षमताअनुसार उठेको बिलको जति महसुल हो, त्यो भन्दा बढी तिर्नुपरेमा डेवालालले सम्बन्धित विद्युत् वितरण केन्द्रमा उजुरी गर्न सक्ने छन् । प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख तथा उपकार्यकारी निर्देशक मनोज सिलवाल अब बढी महसुल लिएको प्रमाणसहितको उजुरी आए घरधनीलाई बोलाएर छलफल गर्ने र अटेरी गरेमा लाइन काटिने बताउँछन् ।

‘एकैपटक काट्छौं भनेका हैनौं,’ उनी भन्छन्, ‘बढी महसुल लिएको जानकारी भएमा सचेत गराउँछौं, तर अटेरी भएमा लाइन काट्न पनि सक्छौं ।’ विद्युत् महसुलको हिसाबमा भने घरबेटीले गडबडी गर्ने गुनासो धेरै पहिलेदेखि नै प्राधिकरणमा आउने गरेको छ ।

काठमाडौंमा धेरैजसो घरबेटीले विद्युत् महसुल १५ देखि २० रुपैयाँ प्रतियुनिटको दरले लिने गरेका छन् । जबकी प्राधिकरणको महसुल दर न्यूनतम ३ र अधिकतम १२ रुपैयाँ प्रतियुनिट मात्र छ । यसरी घरबेटीले महिनैपिच्छे बढी पैसा असुलिरहँदा पनि ग्राहकले औपचारिक रुपमा गुनासो गर्ने व्यवस्था नै थिएन ।

प्राधिकरणले पनि ठगी मुद्धामा रुपमा प्रहरीले मात्रै यसलाई हेर्न सक्ने बताउने गरेको थियो । अन्यायपूर्वक विद्युत महसुल बढी लिइरहँदा पनि ग्राहकलाई चुप बस्नु परेपछि प्राधिकरणले भाडामा बस्नेले पनि छुट्टै मिटर लिनसक्ने र घरबेटीलाई कारवाही गर्ने व्यवस्था एकसाथ गरेको छ ।

प्राधिकरणले सेवा शुल्कसहित विद्युत महसुल निर्धारण गरिएको सिलवालले बताए । गाह्रस्थ ग्राहकको हकमा विद्युत महसुल प्रतियुनिट ३ देखि ११ रुपैयाँ र सेवा शुल्क ३० देखि २५० रुपैयाँसम्म छ ।

कुल खपतका आधारमा बिजुली महसुल तोकिने भएकाले डेरामा बस्नेले त्यो हेरेर आफूले कति महसुल तिर्नुपर्ने हो भन्न एकीन गर्न सक्ने सकिने छ । ‘घरमा जोडिएको लाइनको क्षमताअनुसार कुल उठेको बिजुलीको युनिट जुन स्ल्याबमा पर्छ त्यहीअनुसार आफ्नो कोठाको सबमिटरमा उठेको युनिटको हिसावको महसुल तिर्दा हुन्छ,’ उनले भने,’उठेको युनिटका आधारमा सो स्ल्याबमा लाग्ने डिमान्ड शुल्क घरमा बस्नेहरुबीच औसत दरमा हिसाव गर्दा हुन्छ ।’

Advertisement
Advertisement

हाल २० युनिटसम्मको खपतमा थप ३० रुपैयाँ सेवा शुल्क तिर्दा हुन्छ । २१ देखि ३०, ३१ देखि ५०, ५१ देखि १००, १०१ देखि २५० र २५१ युनिट भन्दा माथिसम्मको स्ल्याब कायम गरिएको छ । यदि कुनै डेरा, फ्ल्याट वा अर्पाटमेन्टमा बस्नेले छुट्टै मिटर राख्न चाहे तुरुन्तै उपलब्ध गराइने प्रमुख सिलवालले बताए ।

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top