बम विष्फोटनपछि विराटनगरमा सुरक्षा सर्तकता बढाईयो , पक्राउ परेका ४ जनालाई छाडियो

विराटनगर,साउन २८
विराटनगर महानगरपालिका कार्यालयभित्र गराइएको बम बिस्फोटको घटनापछि महानगरपालिका सहित अन्य सार्वजनिक क्षेत्रहरुमा प्रहरीले सतर्कता बढाएको छ । मोरङका प्रहरी प्रवक्ता डिएसपी निशान थापाले संवेदनशील स्थानहरुको पहिचानगरि प्रहरी परिचालन गरिएको बताए ।

उनले तालिम प्राप्त कुकुरहरु परिचालन गरिनुका साथै थप चेकप्वाइन्टहरु स्थापना गरिएको जानकारी दिएका छन् । घटना लगत्तै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएकोमा चारजनालाई सोधपुछ पछि छाडिएको र ४ जना अझैपनि अनुसन्धानकै घेरामा रहेको उनले जानकारी दिए । सो क्रममा महानगरपालिकाको मुलगेटमै प्रहरी खटाइएको प्रहरी र नगर रक्षकहरुले महानगरमा आउने सेवाग्राहीहरु चेक जांच गरेर मात्र भित्र प्रवेश दिइरहेका छन ।

यस्तै विराटनगर विमानस्थल प्रवेश गर्ने ब्यक्ति र सवारी साधनको पनि मेटल डिटेक्टरले चेकजांच गर्न थालिएको छ । यसैबीच घटनाको चौतर्फी आलोचना र भत्र्सना भएको छ । मानविय क्षति गराउने लक्ष्यसहित गराइएको बम बिस्फोटको नेपाल नगरपालिका संघ (मुआन)ले विज्ञप्ति जारी गरि भत्र्सना गरेको छ ।

मुआनद्वारा जारी विज्ञप्तिमा स्थानीय सरकारका जनप्रतिनिधि तथा कर्मचारीहरुको मनोबल गिराउन अराजक र निन्दनिय कार्य भएको उल्लेख गरिएको छ । यसैगरि केराबारी गांउपालिका,उर्लाबारी नगरपालिका सहित अन्य स्थानीय निकाय सहित विभिन्न संघसंस्थाले समेत विज्ञप्ति प्रकाशित गरि घटनाको भत्र्सना गरेका छन् । आइतबार दिउँसो दुइबजे विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीको कार्यकक्ष छेउमै गराइएको बम बिस्फोटबाट भौतिक क्षति भएको छ ।

भर्खरको समाचार

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

सम्बन्धित समाचार

Scroll to Top