कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्छःअर्थमन्त्री

१६ पौष, काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् ।

अर्थमन्त्री शर्माले किसान, भूमि, नेपालको हावा पानी र जलस्रोतको अन्तर सम्बन्धलाई व्यवस्थित बनाएर मात्रै देशको विकास र उन्नति सम्भव भएको उल्लेख गर्दै त्यसका लागि कृषि क्षेत्रलाई परिचालित गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय संघको १४ औं वार्षिक साधारण सभामा बोल्दै उनले कृषि क्षेत्रलाई व्यवस्थित, संगठित र परिचालित गरेर मुलुकको अर्थतन्त्र निर्माणका लागि राज्यले विशेष लगानी गर्नुपर्ने आवश्यक्ता आंैल्याए ।

कृषि क्षेत्रमा लगानी बढाउन सहकारीहरुलाई सचेत

अर्थमन्त्री शर्माले किसानहरुलाई संगठित गरेर कृषि क्षेत्रको विकासमा लगानी बढाउन पनि सहकारीहरुलाई सचेत गराए । उनले त्यसका लागि सरकारले समेत विशेष ध्यान दिने आश्वासन दिए ।

अर्थमन्त्री शर्माले भने, ‘हाम्रो किसान, हाम्रो भूमि, हाम्रो हावापानी र जलस्रोतको अन्तरसम्बन्धलाई व्यवस्थित गरेर परिचालित गर्न सक्दा मात्रै हाम्रो देशको विकास र उन्नतिहुने भएकाले किसानहरुको राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका छ । र यसलाई अझ धेरै माथि उठाउनुपर्ने आवश्यक्ता छ । हाम्रो बारीहरु बाँझो हुँदा हामी आयातित बस्तुहरु खाईरहेका छौं । उत्पादनमूखि अर्थतन्त्र निर्माणका लागिहाम्रो मुख्य माध्याम भनेको कृषि नै हो । कृषि क्षेत्रलाई व्यवस्थित, संगठित, परिचालित र राज्यको विशेष लगानीका आवश्यक्ता छ । आजकृषि क्षेत्र उपेक्षित छ । कृषि क्षेत्रले पाउनुपर्ने सेवा र सुविधा पाईरहेको छैन । किसानहरुले पाईरहेको छैन । त्यतातिर हाम्रो ध्यानाकर्षण भएको छ । कृषि सहकारी जो लाखौं किसानहरु संगठित हुनु भएको छ । र सहकारीहरुले संगठित रुपमा किसानहरुलाई व्यवसायीकरण पनि गर्ने, आत्मनिर्भर पनिबनाउने, परिचालित पनि गर्ने र देश निर्माणमा एउटा महत्वपूर्ण योगदान गर्नका लागि यो संगठन धेरै महत्वपूर्ण छ । यो संगठनको नेतृत्वमा अवको हाम्रो कृषि उत्पादनको अभियानलाई, व्यापारको अभियानलाई आत्मनिर्भर हुने अभियानलाई, राष्ट्रिय पूँजीनिर्माण गर्न कृषि क्षेत्रनै महत्वपूर्ण छ । त्यसलाई उद्योगमा समेत बदल्दै अगाडि बढाउनुपर्ने आवश्यक्ता छ । त्यतातिर यहाँहरुको विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।’

कृषि क्षेत्र र किसानहरु राज्यबाटै उपेक्षित

अर्थमन्त्री शर्माले कृषि क्षेत्र र किसानहरु राज्यबाटै उपेक्षित भएको स्वीकार गर्दै अव उनीहरुलाई परिचालित गरेर कृषिमा आधारित उद्यमहरु स्थापना गर्न लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।उनले कृषि क्षेत्रलाई उद्यममा बदलेर राष्ट्रिय पूँजीनिर्माण गर्ने अभियानमा सहकारी संस्थाहरुले भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे ।

भर्खरको समाचार

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

सम्बन्धित समाचार

Scroll to Top