२०२१ मा केही शक्तिहरुले मुलुकको दूरगामी यात्रालाई अल्मल्याउने काम गरेः केपी ओली

१६ पुस ७८, शनिबार

१७ पुस, विराटनगर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन् २०२१ मा केही शक्तिहरुले मुलुकको दूरगामी यात्रालाई अल्मल्याउने काम गरेको बताएका छन् ।

उनले मुलुकको विकासका सम्पूर्ण कामहरुमा अल्मविराम लागेको र विकासको राष्ट्रिय बहसको ठाउँ सत्ताशक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्यस्रोतको दोहनले लिएको गुनासो पनि गरेका छन् ।

नयाँ वर्ष सन् २०२२ को शुभकामना सन्देश जारी गर्दै ओलीले यस्तो गुनासो गरेका हुन् । तत्कालीन एमाले सरकारले मुलुकबाट गुमाइएको भूभाग फिर्ता गर्न प्रयास गरिरहेको तथा असाधारण विकास अभियान चलाइरहेको बेला यस राज्यका विभिन्न अंगहरुलाई दुरुपयोग गरी यसमा अवरोध पुर्याइएको उनको आरोप छ ।

‘यसै वर्ष एमालेलाई जालझेलपूर्ण तरिकाले सरकारबाट हटाइएपछि राष्ट्रका गौरवपूर्ण उपलब्धीलाई समस्याका रुपमा देख्ने र राष्ट्रको स्वाधीनता तथा सार्वभौमसत्ताप्रति उदासीन रहने अकर्मन्य र गन्तव्यहीन प्रवृत्ति देखिए ।

आफ्नो पार्टी समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्यमा अघि बढिरहेको भन्दै ओलीले यसका लागि सुस्थिर राजनीति अपरिहार्य रहेको बताएका छन् ।

‘मुलुक निर्माणको प्राथमिकताबाट बिमूख व्यक्ति र समूहहरुका निजी दुराकांक्षाहरुले सिर्जना गरेका अवरोधहरुलाई छिचोल्दै राष्ट्रको यस साझा आकांक्षा पूरा गर्ने बाटोमा एमाले अविचलित निष्ठासाथ अघि बढिरहेको छ,’ ओलीले भनेका छन् ।

नेपालीको नयाँ वर्ष वैशाख १ मा मनाइने भए पनि आज अधिकांस देशमा प्रचलनमा रहेको हुँदा जनवरी १ लाई अन्तर्राष्ट्रिय नयाँ वर्षकोरुपमा मनाउने गरिएको ओलीको विज्ञप्तिमा उल्लेख छ ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top