नेकपा माओवादी केन्द्रको विधान पारित

नेकपा माओवादी केन्द्रको विधान पारित

१७ पुस, काठमाडौं ।
नेकपा माओवादी केन्द्रको विधान पारित भएको छ।

कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा जारी माओवादी केन्द्रको ८औं महाधिवेशनको बन्दसत्रले संशोधनसहित विधान पारित गरेको माओवादी नेता मोहन कार्कीले जानकारी दिए । उनकाअनुसार केन्द्रीय सदस्य २९९ सदस्यीय हुने भएको छ ।

पदाधिकारी बहुपदीय हुने भनिए पनि संख्या भने यकिन गरिएको छैन । पदाधिकारी संख्या केन्द्रीय समितिले तय गर्ने उनले बताए । विधानअनुसार केन्द्रीय समितिमा ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी रहने व्यवस्था गरिएको उनले बताए ।

त्यसमध्ये १५ प्रतिशत अध्यक्षले मनोनित गर्नेछन् । यसअघि १० प्रतिशतमात्रै मनोनीत हुने व्यवस्था थियो । विधान पारित भएलगत्तै स्थायी कमिटी बैठक बसिरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.