१७ पुस, दमौली ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशका निम्ति इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
तनहुँको भानु नगरपालिका–३ स्थित बौद्ध हिमाल तामाङ गुम्बाले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टी गठनसँगै युवा, महिला, आदिवासी, जनजाति उत्साहित भएको बताए ।
इमान्दारिता र जनताप्रति समर्पणको भावनाबाट ओतप्रोत भएको पार्टी जन्मिदा सबै उत्साहित भएका छन्, पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने, हाम्रो पार्टी नेपालको राजनीतिमा तारा जस्तै चम्किन्छ ।
अध्यक्ष नेपालले लमजुङ र गोरखालाई एकीकृत गरी ठूलो सहर बनाउनेतर्फ छलफल भएको उल्लेख गर्दै भने, एकीकृत विकासका लागि सरकारको ध्यानाकर्षण गराउँछु । अध्यक्ष नेपालले समाजवादको बाटोमा अगाडि बढेर देशलाई समृद्धिको दिशामा हिँडाउने संकल्प लिएको बताए ।