माओवादीले गर्‍यो मतदाता नामावली प्रकाशन, १७४२ मतदाता

माओवादीले गर्‍यो मतदाता नामावली प्रकाशन, १७४२ मतदाता

१७ पुस, विराटनगर ।
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

शनिबार दिउँसो निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरेको छ । महाधिवेशन आयोजनास्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा समितिले १७४२ जना महाधिवेशन प्रतिनिधिको नाम प्रकाशन गरेको हो ।

शनिबार दिउँसो बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्भव भएसम्म सहमतिमा र नभए निर्वाचनमार्फत केन्द्रीय सदस्य र पदाधिकारी चयन गर्ने बताएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.