इमरान खानकी पूर्वपत्नीमाथि गोली प्रहार

१९ पुस ७८, मंगलबार

२० पुस, एजेन्सी ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानकी पूर्वपत्नी रेहम खानमाथि इस्लामावादमा गोली आक्रमण भएको छ।

Advertisement

उनले सामाजिक सञ्जाल टेवीटरमा उल्लेख गरेअनुसार आइतबार राति उनीमाथि आक्रमण भएको हो।

रेहमले यस घटनाबारे जानकारी दिँदै अफ्नो भतिजोको विवाहबाट घर फर्किँदै गर्दा आफू चढेको कारमाथि मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली चलाएको र घटनाबाट आफू थोरैले बचेको बताएकी छिन्।

Advertisement

पूर्व टेलिभिजन प्रस्तोता पनि रहेकी रेहमका अनुसार आक्रमण हुँदा कारमा उनीसँगै उनका स्वकीय सचिव र चालक पनि थिए। उनले लेखेकी छिन्, ‘कथित सरकारले यसको (आक्रमण) जिम्मेवारी लिनुपर्छ ।’

रेहमले ट्वीटरमा आफूले यो मुद्दा दर्ताको लागि पनि सकस झेल्नुपरेको बताएकी छिन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top