९८ दिनपछि आज डिस्चार्ज हुँदै वर्षमान पुन

२० पुस ७८, मंगलबार
Share this
690shares

२० पुस, विराटनगर ।
चीनमा उपचाररत पूर्वमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ आज अस्तालबाट डिस्चार्ज हुने भएका छन्।

Advertisement

चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराइरहेका नेता पुन स्थानीय समयानुसार आज दिउँसो २ बजे डिस्चार्ज हुने भएका हुन्। तर उनी चार दिनपछि मात्र स्वदेश आइपुग्नेछन्।

उनको सचिवालयका अनुसार डिस्चार्ज भए पनि दुई दिन उनी त्यही अस्पतालमा आराम गर्नेछन्। त्यसपछि मात्रै स्वदेश प्रस्थान गर्नेछन्। योसँगै थाइल्यान्ड र चीनमा गरी ९८ दिन लामो उपचारपछि उनी अस्पतालबाट बिदा हुन लागेका हुन्।

Advertisement

उनी नेपालमा नभएकै कारण नेकपा माओवादी केन्द्रको अध्यक्षबाहेकका पदाधिकारी छनोटको निर्णयसमेत रोकिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top