चिसोमा कठ्याँग्रिएर धनुषा र सप्तरीमा २ जनाको मृत्यु

२० पुस ७८, बुधबार

२१ पुस, विराटनगर।
केही दिनयता बढेको चिसोका कारण धनुषा र सप्तरीमा एक–एक जनाको ज्यान गएको छ ।

Advertisement

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुरको कठ्याँग्रिएर ज्यान गएको हो । यादवको जनकपुरधाममा रहेको प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवले जानकारी दिए।

चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाका चार पालिकाले विद्यालयमा बिदा दिएका छन् । क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले विद्यालय बन्द गरेकोे जनाएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top