शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि दाङको तुलसीपुरका विद्यालय बन्द

२३ पौष, दाङ । शिक्षक र विद्यार्थीमा कोरोनाको सङ्क्रमण तीव्र गतिमा बढेपछि दाङको तुलसीपुरका विद्यालय बन्द गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिकामा आज शुक्रवार बसेको आकस्मिक बैठकले यही पुस २५ गते आइतवारदेखि माघ ३ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

कोरोनाको सङ्क्रमण बढेपछि यसअघि नै मावि अश्वारा, गुरु जजुर मावि रक्षाचौर र मावि सेन्टर स्कुल तुलसीपुर बन्द भइसकेका छन् ।

गएको मङ्गलवार र विहीवार गरिएको परीक्षणमा तुलसीपुर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालय गरी पाँच वटा विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

शिक्षा समितिका संयोजक कुमार लामिछानेको अध्यक्षतामा बसेको बैठकमा वतावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछाने, शिक्षा समितिका सदस्य श्याम डाँगी, जनस्वास्थ्य प्रर्वद्धन शाखा प्रमुख ओमपी न्यौपानेको सहभागिता थियो ।

यस्तै विपद् व्यवस्थापन शाखा प्रमुख टोपबहादुर डाँगी, विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक र प्रतिनिधिको सहभागिता रहेको थियो । तुलसीपुर क्षेत्रमा सामुदायिक ८३ र निजी विद्यालय ६८ वटा छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top