अष्ट्रेलियामा एकैदिन थपिए १ लाखभन्दा धेरै नयाँ संक्रमित

२४ पुस, एजेन्सी ।
अष्ट्रेलियामा एकैदिन कोभिड–१९ का एक लाखभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

Advertisement

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा अष्ट्रेलियामा कोरोनाका १ लाख १६ हजार २४ नयाँ संक्रमित थपिएका हुन्। जसमध्ये भिक्टोरिया राज्यमा सबैभन्दा धेरै ५१ हजार नयाँ संक्रमित थपिएका छन् भने न्यु साउथ वेल्समा ४५ हजार नयाँ संक्रमित थपिएका छन्।

त्यस्तै क्विन्सल्याण्डमा ११ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। पहिलोपटक अष्ट्रेलियामा एकैदिन १ लाखभन्दा धेरै नयाँ संक्रमित थपिएका हुन्। अष्ट्रेलियाले लामो समयसम्म कोरोना संक्रमण नियन्त्रणको लागि भन्दै अन्तर्राष्ट्रिय सीमा बन्द गर्नेदेखि लकडाउनसम्मका नियम लगाएको थियो।

Advertisement

यद्यपि पछिल्लो समय आर्थिकरुपमा ठूलो क्षति बोहोर्नुपरेको भन्दै अष्ट्रेलियाले सीमा खोल्ने निर्णय गरेको थियो। अष्ट्रेलियामा ९० प्रतिशतभन्दा धेरै जनसंख्याले कोरोनाको पूरा डोज खोप लिइसकेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top