शान्ति मिसनबाट फर्किएका २० सैनिकलाई कोरोना संक्रमण

२३ पुस ७८, शनिबार

२४ पुस, काठमाडौं ।
शान्ति मिसनबाट फर्किएका २० सैनिकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

Advertisement

दक्षिण सुडानबाट गत पौष २२ गते नेपाल फर्किएका २१५ जना सैनिकमध्ये २० जनामा कोरोना पुष्टि भएको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लव पौडेलले बताए। सुडानबाट स्वदेश फर्किएपछि उनीहरुलाई नेपाली सेनाको क्ववारेन्टाइनमा राखिएको थियो।

उनीहरुको पीसीआर परीक्षण गर्दा २० सैनिकमा कोरोना भाइरस पुष्टि भएको हो। प्रवक्ता पौडेलका अनुसार संक्रमण पुष्टि भएका सैनिकलाई नेपाली सेनाको डाक्टरको निगरानीमा आइसोलेसनमा राखिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top