७७ वर्षीया वृद्धामाथि बलात्कारको घटनामा जनप्रतिनिधिले नै मिलापत्र गरेको खुलासा

२४ पुस ७८, आइतबार

२५ पुस, धनगढी ।
कैलालीमा ७७ वर्षीया एक वृद्धामाथि भएको बलात्कारको घटनामा जनप्रतिनिधिले नै मिलापत्र गराएको खुलेको छ ।

यो घटनामा मुछिएको भन्दै प्रहरीले वडा सदस्यसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले ७७ वर्षीया बृद्धामाथि बलात्कार भएको घटना मिलापत्र गराउने वडा सदस्यसहितका पाँच जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए ।

अनुसन्धानका क्रममा घोडाघोडी नगरपालिका–४ का ३० वर्षीय प्रकाश सुवेदी, घटना मिलापत्र गराउने वडा सदस्य लक्ष्मीरुद्र न्यौपाने, शिक्षक होमप्रसाद सुवेदी, पूर्ववडा सचिव यज्ञराज आचार्य र स्थानीय राजु भट्टराईलाई पक्राउ गरिएको कैलाली प्रहरी प्रवक्ता जोशीले जानकारी दिए ।

Advertisement

प्रहरीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका–४ मा गत मंसिर १५ गते स्थानीय ७७ वर्षीया वृद्धामाथि बलात्कार भएको थियो । उनका छोराले सोही दिन प्रहरीमा उजुरी दिन खोज्दा स्थानीय जनप्रतिनिधिलगायतले मिलापत्र गराएका थिए ।

अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतका अनुसार पीडकले पीडित पक्षलाई नगद तीन लाख रुपैयाँ दिने सहमति गरेर मिलापत्र गराएको पाइएको छ । तर सहमति बमोजिम पूरै रकम नदिइएपछि पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो । सोही उजुरीका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

पीडितका छोराले आरोपीबाट नगद दुई लाख रुपैयाँमात्र बुझेको बताएका छन् । ‘उनका छोराले आमामाथि बलात्कार भएको थाहा पाएकै दिन प्रहरीमा मुद्दा दर्ता गर्न खोजे पनि जनप्रतिनिधिलगायतका स्थानीयले झुुक्काएर मिलापत्र गरिदिएको बयान प्रहरीलाई दिएका छन्,’ प्रहरी अधिकृतले भने ।

यसअघि सुदूरपश्चिमको बैतडीमा १८ वर्षीया एक युवतीमाथि भएको बलात्कारको घटना लुकाउन एक तोला सुन दिने गरी कपाली तमसुक गरिएको सार्वजनिक भएको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top