नेपाल प्रहरीका ३४ एसपी सरुवा, को कहाँ पुगे

२५ पुस ७८, आइतबार
Share this
714shares

२५ पुस, विराटनगर ।
नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ।

Advertisement

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आइतबार उनीहरुको सरुवा गरेका हुन्। सरुवासँगै सिरहा, पाल्पा, बारा, पूर्वी नवलपरासी, झापा र कन्चनपुरका प्रहरी प्रमुख फेरिएका छन्। सिरहाका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेपछि अर्जुनप्रसाद तिमिल्सिनालाई पठाइएको छ।

पाल्पामा जनकबहादुर शाही, बारामा सिंह देउवा, प्रज्वल महर्जनलाई पूर्वी नवलपरासीको जिम्मा दिइएको छ। विश्वमणि पोखरेललाई झापा र श्यामसिंह चौधरीले कन्चनपुर प्रहरी प्रमुखको जिम्मा पाएका छन्।

Advertisement

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top