न्यूर्योकस्थित अपार्टमेन्टमा आगलागी, कम्तीमा १९ जनाको मृत्यु

२६ पुस, एजेन्सी ।
अमेरिकाको न्युयोर्कस्थित एक अपार्टमेन्टमा आइतबार आगलागी हुँदा ९ जना बालबालिकासिहत कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

Advertisement

न्युयोर्कका मेयर एरिक एडम्सका अनुसार आगलागीमा घाइते भएका ३२ जनालाई अस्पताल लगिएको छ । तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । १९ तले भवनका सबै तलामा घाइते भेटिएको अग्नि नियन्त्रण विभागका आयुक्त ड्यानियल निग्रोले जानकारी दिएका छन् ।

न्युयोर्कमा ३० वर्षयता नै आगलागीबाट धेरै जनाको मृत्यु भएको उनले बताए । उनका अनुसार आगो भवनको दोस्रो तलामा लागे पनि धूवाँ भने सबै तलामा पुगेको थियो । अधिकारीहरूले इलेक्ट्रिक हिटरमा खराबीका कारण आगलागी भएको हुन सक्ने अनुमान गरेका छन् ।

Advertisement

आगो निभाउन करिब २ सय दमकल प्रयोग गरिएको थियो । यसअघि शनिबार मात्र फिलाडेल्फियाको एक अपार्टमेन्टमा आगलागी हुँदा ८ जना बालबालिकासहित १२ जनाको मृत्यु भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top