राष्ट्रिय सभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू

२५ पुस ७८, सोमबार

२६ पुस, विराटनगर ।
राष्ट्रिय सभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ।

Advertisement

यही माघ १२ गते राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ। रिक्त १९ पदका लागि निर्वाचन हुन लागेको हो। १२ दलले निर्वाचनमा भाग लिए पनि मुख्यगरी सत्तागठबन्धनका ५ दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेका उम्मदेवारबीच प्रतिस्पर्धा हुने देखिएको छ।

निर्वाचनका लागि ४३ जना उम्मदेवार मैदानमा छन्। साथै निर्वाचन आयोगले निर्वाचन अवधिभर आचारसंहिता पालना नभए कारबाही गरिने चेतावनी दिएको छ। आयोगले आचारसंहिता पूर्ण रूपमा पालना गरिनुपर्ने पनि बताएको छ।

Advertisement

केन्द्र, प्रदेश र स्थानीय तहका सरकार तथा मन्त्रीहरूलाई पनि आचारसंहिता लाग्नेछ। साथै सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारीमा पनि आचारसंहिता लागू हुनेछ। राजनीतिक दललाई पनि आचारसंहिता लाग्नेछ।

क–कसलाई लाग्छ आचारसंहिता ?

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top