बंगलादेशमा भएको म्याराथनमा नेपाली धावक पुष्पा भण्डारीलाई कास्य पदक

२६ पौष, काठमाडौँ । बंगलादेशमा भएको बंगबन्धु शेख मुजीव ढाका म्याराथनमा नेपाली धावक पुष्पा भण्डारीले कास्य पदक जितेकी छन् ।

दक्षिण एसियाली क्याटेगोरीतर्फ पुष्पा तेस्रो भएकी हुन् । यसअघि गत वर्ष पुष्पाले यही क्याटेगोरीमा स्वर्ण जितेकी थिइन् ।

तर यस पटक भारतीय खेलाडीहरुसँग पछि पर्दै पुष्पा तेस्रो भइन् । पुष्पाले निर्धारित दूरी २ घण्टा ५५ मिनेट ३५ सेकेण्डमा पूरा गरिन् ।

उनले गत वर्ष निर्धारित दूरी २ घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गरेकी थिइन् । पुष्पाले टाइमिङ सुधार गरे पनि स्वर्ण रक्षा गर्न सकिनन् ।

नेपाली टिमका प्रशिक्षक चन्द्र गुरुङले यस पटक भारतका धावकहरु राम्रो रहेको बताए ।

भारतकी आरती दत्तात्रय पाटिलले २ घण्टा ५३ मिनेट २८ सेकेण्डमा दौड पूरा गर्दै स्वर्ण जितिन् भने भारतकै ज्योती गवाटेले २ घण्टा ५४ मिनेट १५ सेकेण्डमा दूरी पूरा गर्दै रजत जितिन् ।

नेपाली पुरुष खेलाडी पदकविहीन

यस्तै नेपालका दुई पुरुष खेलाडीले पनि दक्षिण एसियाली कोटामा प्रतिस्पर्धा गरेका थिए । तर उनीहरुले कुनै पदक जित्न सकेनन् ।

नेपालका किरण सिंह बोगटी २ घण्टा २३ मिनेट ४३ सेकेण्डमा दौड पूरा गर्दै पाँचौं स्थानमा रहे । शीर्ष चारमा भारतीय खेलाडीकै पकड रहँदा बुगाथा स्रिनुले २ घण्टा १६ मिनेट २६ सेकेण्ड समयसहित स्वर्ण जिते ।

प्रशिक्षक गुरुङले किरण र अर्का खेलाडी नरेन्द्र सिंह रावतले राम्रो समय निकालेको तर पदक जित्न भने नसकेको बताए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top