×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

विराटनगरमा ‘हङ्गर,नो लङ्गर’का लागि साइकल र्‍याली

२६ पुष २०७८

२६ पौष, विराटनगर । रोटरी क्लब अफ बिराटनगरले स्थापनाकालदेखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । युवाहरुको आवद्धता भएको क्लबले प्राय जसो युवा मैत्री कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । ३ वर्ष देखि सामाजिक कार्यको लागि फन्ड रेजिंग कार्यक्रम अन्तरगत रोटरी क्लब अफ बिराटनगरले साइक्लाथोन गर्दै आइरहेको छ ।

आगामी माघ १ गते उक्त क्लबले विराटनगरमा मैत्रीपूर्ण साइकल रेस प्रतियोगिता गर्दै छ। क्लबले ‘हङ्गर, नो लङ्गर’ को प्रोजक्टलाई सहयोग पु¥याउन माघे संक्रान्तिको अवसर पारेर साइक्लोथन ३.० को आयोजना गर्ने भएको हो ।

Advertisement

प्रतियोगिताको सुरुवात विराटनगरको आर्दश विद्यालयबाट बिहान साढे ६ बजे हुने आयोजकले जनाएको छ। प्रतियोगितामा सुनसरीको इटहरी, धरान र झापाको बिर्तामोड सहित प्रदेश नं. १ को विभिन्न ठाउँहरुबाट २ सय बढी प्रतियोगीहरुले सहभागिता जनाउने आयोजक संस्थाकी अध्यक्ष जयश्री जाजुले जानकारी दिइन । प्रतियोगितामा काठमाडौंको त्रिभुवन आर्मी क्लबको समेत सहभागिता रहने छ।

आर्दश विद्यालयबाट सुरु हुने साइक्लोथन ३.० मैत्रीपूर्ण साइकल र्यालीका प्रतियोगीहरुले विराटनगरका विभिन्न भागमा पुग्दै कुल १६ किलोमिटरको दूरी तय गर्नुपर्नेछ ।

विराटनगरको विभिन्न भाग परिक्रमा गर्दै पुनः आर्दश स्कुल परिसरमै आएर सम्पन्न हुने र्यालीका प्रतियोगीहरुका लागि आयोजकले प्रमाण–पत्र, मेडल, इभेन्ट ज्याकेट, क्याप र फुड बक्सको व्यवस्था गरेको छ ।

लक्ष्मी बैंकको मुख्य प्रायोजनमा हुने उक्त साइक्लोथन भर्जन ३.० प्रतियोगितामा स्वास्थ्य सुरक्षाका मापदण्डहरु कडाईका साथ पालना गर्दै प्रतियोगीहरुको स्वास्थ्य चेकजाँचपछि मात्र उनीहरुलाई र्यालीमा सहभागी गराइने आयोजकले जनाएको छ ।

प्रतियोगीहरुको स्वास्थ्य परीक्षणका लागि आयोजक क्लबले विराटनगरको गोल्डेन अस्पतालसँग सहकार्य गरेको छ । कार्यक्रमस्थलमा रक्तचाप र मधुमेह चेकजाँचका लागि अस्पतालको छुट्टै स्टल समेत रहने जनाईएको छ ।

रोटरी क्लब अफ विराटनगर फ्युजनले यसअघि पनि दुईपटक ‘पेडल फर एजुकेशन’ को लक्ष्य सहित साइक्लोथन–मैत्रीपूर्ण साइकल र्याली प्रतियोगिताको आयोजना गरिसकेको छ । क्लबले हरेक वर्ष आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न व्यक्ति तथा संस्थालाई सहयोग गर्न प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

यसअघि दुईपटक आयोजित प्रतियोगिताबाट संकलित रकमबाट संस्थाले विराटनगरको लखन्तरीस्थित श्री वेगनलाल विद्यालयलाई आवश्यक सहयोग गरेको छ । यसपटक आयोजित प्रतियोगिताबाट क्लबको ‘हङ्गर, नो लङ्गर’ को प्रोजेक्टलाई सहयोग पु¥याउने लक्ष्य रहेको क्लबको जनाएको छ ।

साइक्लककथन बारे ५ जिज्ञासा ?

१. के हो साइक्लोथोन ?
– साइक्लोथोन अर्थात साइकल र्याली , यो एउटा यस्तो प्रतियोगिता हो जसले साइकल , मानव स्वास्थ्य र वातावरणको महत्वलाई बुझाउँछ। यस प्रतियोगितामा मानिसहरुले साइकल र्यालीमा भाग लिन सक्दछन। यस प्रतियोगितामा संकलित रकमले यस क्लबले गरिरहेको सामाजिक कार्य प्रोजेक्ट “हंगर नो लंगर “ अन्तर्गत बिभिन्न बिपन्न वर्गका व्यक्तिहरुका लागि निशुल्क भोजन गराउँदछ ।्

२. कस—कसले सहभागी जनाउन पाउँछन् ?

– सबैले सहभागिता जनाउन पाउँदछन।

३. साइकल आफै ल्याउनु पर्ने हो ?
– हो , यस प्रतियोगितामा सहभागी हुन् प्रतियोगी आफैले आफ्नो साइकल ल्याउनुपर्ने हुन्छ।

४. मैले कसरी सहभागी जनाउने ? शुल्क कति हो ?
– सहभागिता जनाउन बिराटनगरस्थित आगन रेस्टुरेन्टबाट पनि रजिस्टर गर्न सकिन्छ वा ९८१९३९०९७२ र ९८५२०२३०९६ नम्बरमा सम्पर्क गरेर अनलाइन बुक गर्न सकिन्छ। सहभागिता जनाउन रु एक हजार (१,०००) लाग्ने छ।

Advertisement

५. कसरी बिजेता घोषणा गरिन्छ ? कुन विधामा गरिन्छ ?
– प्रतियोगिता अनुसार पुरुषतर्फको गियर र नन–गियर तथा महिलातर्फको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुका लागि क्रमशः ३० हजार, १५ हजार र १० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ। गियर र ननगियर दुवै समुहलाई प्राथमिकतामा राखिने छ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top