युरोपको आधा जनसंख्या ओमिक्रोनको संक्रमित हुनसक्छन्ः डब्लुएचओ

२८ पुस, एजेन्सी ।
युरोपका आधा जनसंख्यामा अबको ६ देखि ८ हप्तामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण फैलिने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको छ।

Advertisement

डब्लुएचओका डा. हान्स क्लुगका अनुसार डेल्टा भेरियन्टको संक्रमण फैलिरहेकै बेला अहिले ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिरहेको हो।

सन् २०२२ को पहिलो हप्तामा युरोपमा ७० लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसलाई नै आधार मानेर डब्लुएचओले चेतावनीसहितको आँकलन गरेको हो।

Advertisement

डेल्टा भेरियन्टको संक्रमण फैलिन नदिनका लागि प्रयास भइरहेका बेला ओमिक्रोन भेरियन्ट नयाँ चुनौतीका रुपमा आएको डा क्लुगले बताएका हुन्।

युरोपका आधा जनसंख्यामा अबको ६ देखि ८ हप्ताभित्र ओमिक्रोन भेरियन्टको संक्रमण हुन सक्ने आँकलन सियाटलमा रहेको इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएयनले गरेको अध्ययनका आधारमा गरिएको हो।

Advertisement

ओमिक्रोन भेरियन्टको जोखिममा युरोप र मध्य एसियाली देश रहेको जनाइएको छ।

पछिल्ला अध्ययनहरुका अनुसार ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र गतिमा फैलिने भए पनि गम्भीर बिरामी पार्ने सम्भावना भने कोभिडका अरु भेरियन्टभन्दा कम रहेको छ। खोपको पूर्ण मात्रा लगाएको भए पनि ओमिक्रोन भेरियन्टको संक्रमण हुन सक्ने वैज्ञानिकले बताएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top