अफगानिस्तानलाई शर्तसहित अमेरिकाले आर्थिक सहयोग गर्ने

२७ पुस ७८, बुधबार

२८ पुस, एजेन्सी ।
अमेरिकाले अफगानिस्तानलाई शर्तसहित आर्थिक सहयोगको तयारी गरेको छ।

Advertisement

अमेरिकाले ३०.८ करोड अमेरिकी डलर बराबरको सहयोग गर्ने तयारी थालेको हो। तर राहत कार्यमा खटिने सबै कर्मचारीलाई स्वतन्त्र रुपमा काम गर्ने छुट तालिबानले दिनुपर्ने शर्त अमेरिकाको छ।

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सी (युएसएड) मार्फत सहयोगका तयारी भएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ।

Advertisement

अत्यावश्यक स्वास्थ्य सेवा, जाडोका लागि आवश्यक सामग्री, खाद्यान्न तथा पानीका लागि सहयोग रकम खर्च हुनेछ। योसँगै गएको अक्टोबरपछि अफगानिस्तानमा अमेरिकाले प्रदान गरेको मानवीय सहायताको आँकडा ७८.२ करोड डलर हुने भएको छ।

यसअघि संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा मानवीय संकट गहिरिँदै गएको भन्दै विश्व समुदायसँग अफगानिस्तानका लागि पाँच अर्ब डलर सहयोगको अपिल गरेको थियो। गएको अगस्ट मध्यमा अफगानिस्तानको सत्तामा तालिबान आएको थियो।

Advertisement

त्यसपछि तालिबानले आर्थिक प्रतिबन्ध लगाएको थियो। जसले गर्दा विदेशी सहायतामा निर्भर रहेको अफगानिस्तानका लागि अस्पताल, विद्यालय तथा सरकारी निकाय सञ्चालनमा मुस्किल भएको छ।

विश्व समुदायले अफगानिस्तानमा तालिबान सरकारलाई मान्यता नदिँदा त्यहाँका तीन करोड ९० लाखभन्दा बढी मानिसले पीडा भोग्नु परेको रेडक्रसको अन्तर्राष्ट्रिय कमिटीले बताएको छ। अहिले अफगानिस्तानमा भोकमरीको अवस्था आउने देखिएको रेडक्रसको भनाइ छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top