सुनको भाउ आज तोलामा चार सयले बढेर ९२ हजार रुपैयाँ कायम

२७ पुस ७८, बुधबार

२८ पौष, काठमाडौँ । आज सुन चाँदीको भाउ केही बढेको छ । सुन तोलामा चार सय रुपैयाँले बढेर आज प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन तोलाको ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँले बढेर एक हजार दुई सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top