×

NEPAL TIMES UPDATES

Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

कोरोना विरुद्धको खोप लगाउनै मान्दैनन् चेपाङ

२९ पुष २०७८

२९ पुस, चितवन ।
कोरोनाको तेस्रो लहर सुरु हुँदासमेत अल्पसङ्ख्यक समुदायका रुपमा रहेको चेपाङ समुदाय खोप लगाउन मान्दैनन् ।

जिल्लामा बसोबास गर्ने चेपाङ समुदायले खासै कोभिड खोपमा चासो नदिने गरेको पाइएको छ । जिल्लाका सात पालिकामध्ये छ पालिकामा चेपाङ समुदायको बसोबास छ ।

जिल्लाको इच्छाकामना गाउँपालिका तथा कालीका, राप्ती, खैरहनी, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा चेपाङको बसोबास रहेको छ । यी पालिकामा २०६८ सालको जनगणनाअनुसार २८ हजार ९८९ चेपाङको बसोबास रहेको छ ।

त्यसमध्ये अहिलेसम्म छ हजार ३२७ अर्थात २१ दशमलव ८२ प्रतिशत चेपाङले कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्लामा रहेका सात पालिकामध्ये राप्तीमा दुई हजार ७०० चेपाङले खोप लगाएका छन् ।

राप्ती नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेका अनुसार वडा नम्बर १०, ११, १२ र १३ मा चेपाङ समुदायको बाहुल्यता छ । ती वडामा ९० प्रतिशत चेपाङ समुदायको बसोबास रहेको र ती वडामा १८ वर्षमाथिका मात्र आठ हजारले खोप लगाउनुपर्ने हो ।

चेपाङ समुदायमा सानो उमेरमा नै विवाह गर्ने परिपाटिका कारण खोप लगाउनेको सङ्ख्या कम भएको हुनसक्ने उनको भनाइ छ । अठार वर्षमुनिका बालबालिकालाई खोप लगाउँदा कस्तो परिणाम आउँछ त्यसमा भर पर्ने उनले बताए ।

उनले भने, यस समुदायमा सानो उमेरमा नै विवाह गर्ने प्रचलन छ, १८ वर्षमुनिकालाई खोप लगाउने क्रममा कस्तो सहभागिता रहन्छ हेरौँ ।

कालीका नगरपालिकामा तीन हजार ८९ चेपाङ समुदायले खोप लगाएका छन् । यस पालिकाको वडा नम्बर ९, १० र ११ मा चेपाङ समुदायको बसोबास छ । यहाँ पहाडी क्षेत्र र खोप केन्द्रभन्दा टाढा बसोबास भएका केन्द्रसम्म आउनसमेत नखोजेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार पालिकामा रहेका चेपाङ समुदायले खोप किन आवश्यक पर्छ भन्नेजस्ता कुराहरु गर्ने गरेका छन् । उनले भे, पहाडी क्षेत्रमा बसोबास गर्नेले कहीँ जानु छैन भन्दै खोप लगाउन नमान्ने गरेका छन् ।

यस्तै इच्छाकामना गाउँपालिकाको सबैजसो वडामा चेपाङ समुदायको बसोबास रहेको छ । विशेष गरी वडा नम्बर १, २ र ६ मा चेपाङ समुदायको बसोबास छ । ती बसोबास रहेको क्षेत्रबाट दुई हजार ३५० ले कोरोनाको खोप लगाएका छन् ।

यस पालिकामा १८ हजारभन्दा बढीले खोप लगाएको स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार उमेरअनुसार खोप लगाउने क्रममा अब सङ्ख्या बढ्ने छ । चेपाङ समुदायको बस्ती विकटमा हुने र त्यस क्षेत्रबाट खोप केन्द्रसम्म आउनसमेत नखोज्ने गरेका कारण सङ्ख्या कम भएको हो ।

यस्तै खैरहनी नगरपालिकामा ३५० ले कोरोनाविरुद्धको खोप लगाएका छन् । पालिकाका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीका अनुसार यस पालिकामा रहेका ८५ प्रतिशतले खोप लगाएकामा यस सङ्ख्यामा चेपाङ समुदाय रहेको बताए । यस पालिकामा खासै नगन्य सङ्ख्यामा मात्रै यस समुदायका बासिन्दाको बसोबास रहेको उनले जानकारी दिए ।

भरतपुर महानगरपालिकाको वडा नम्बर २९ मा बसोबास गर्ने ती समुदायका व्यक्तिमध्ये १७४ ले कोरोनाविरुद्धको खोप लगाएका छन् । वडामा रहेका रातोमाटे, चिप्लेटी र किपट क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदाय खोपमा सहभागी हुन नसकेको महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

टोलटोलमा शिविर सञ्चालन गर्दासमेत उनीहरु सहभागी नभएको सकेको कार्यालयले जनाएको छ । महाशाखा प्रमुख दीपक सुवेदीका अनुसार महानगर क्षेत्रमा चेपाङको सङ्ख्या ठूलो छैन । उनीहरुको बसोबास रहेको वडा नम्बर २९ को पहाडी क्षेत्र हो ।

माडी नगरपालिका वडा नम्बर ८ र ९ मा चेपाङ समुदायको बसोबास रहेको छ । नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख भोजराज खनालका अनुसार माडीमा १३० चेपाङ समुदायका व्यक्तिले खोप लगाएका छन् ।

छरिएर रहेको यस समुदायमा सूचनाको अभाव वा बेवास्ता गरेका कारण खोप लगाउन आउनेको सङ्ख्या कम भएको हो । उनले भने, चेपाङको बसोबास बढी सङ्ख्यामा बाँदरझुला क्षेत्रमा रहेको र आउ जाउमा कठिनाइ भएका कारण यस खोपबाट वञ्चित भएका हुन सक्छन् ।

चेपाङ सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष गोविन्द चेपाङ कोभिड खोपमा यस समुदायको सहभागिता न्यून रहेको बताउछन् । उनले भने, कोभिडको विषयमा गलत प्रचार भएकाले थोरैले मात्रै खोप लगाएका छन् । कोरोना खोप लगाएपछि प्रजननमा समस्या हुने डर चेपाङमा देखिएको उने बताए ।

कोरोना खोपका लागि चेपाङ भाषामा नै लेखिएको सन्देश प्रचारप्रसार गर्न जरुरी रहेको उनले बताए । २०६८ सालको जनगणनाअनुसार नेपालमा ६८ हजार ३९९ चेपाङको बसोबास रहेको छ । विशेष गरी चितवन, मकवानपुर, धादिङ, गोरखा, लमजुङ, तनहुँलगायत जिल्लामा चेपाङ बसोबास गर्दै आएका छन् ।

चेपाङ सङ्घ चितवनका अध्यक्ष भीमबहादुर चेपाङले डाँडाकाँडामा बसोबास गर्ने भएकाले खोप लगाउन आउने अवस्था नभएको बताए । खोप केन्द्र आसपास बसोबास गर्नेहरुले मात्रै खोप लगाएको जनाउँदै उनले कोरोना खोपका बारेमा सूचना सम्प्रेषण प्रभावकारी बनाउन सरोकारवालालाई आग्रह गरिएको बताए ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले चेपाङ समुदायमा कोरोनाको विषयमा विभिन्न किसिमका नकारात्मक हल्ला चलाइएका कारण समस्या रहेको बताए । यो समुदाय बजारको जनजीवनसँग प्रत्यक्षरुपमा सम्पर्कमा नआउने भएकाले पनि सङ्ख्यामा कमी आएको हुनसक्ने उनको अनुमान छ ।

स्वास्थ्य कार्यालयले खोपको व्यवस्थापन मात्रै गर्ने भएकाले स्थानीय पालिकाले प्रचारप्रसारमा जोड दिनु आवश्यक रहेको उनको भनाइ छ । तिवारीले भने, हरेक वडामा स्वास्थ्य संस्थामार्फत खोपको व्यवस्थापन गरिएको छ, केन्द्रसम्म आउन नचाहानु समुदायको कमजोरी हो ।

कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म तीन लाख ७० हजार ५४४ ले खोप लगाएका छन् । पहिलो मात्रा लगाएकामध्ये तीन लाख २० हजार नौले पूर्ण मात्रामा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तिवारीका अनुसार पहिलो मात्रा कोभिसिल्ड ४० हजार ४४३ ले, भेरोसेल दुई लाख ३७ हजार ६०२ ले, एष्ट्राजेनेका ५१ हजार ९६२ ले, फाइजर बायोएनटेक एक हजार ८६७ ले र जोन्सन ३८ हजार ६७० ले लगाएका छन्।

यसैगरी पूर्ण मात्रा खोप कोभिसिल्डरएस्ट्राजेनिका ८२ हजार ८५३ ले, भेरोसेल एक लाख ९६ हजार ७२९ ले, जोन्सन ३८ हजार ६७० जले र फाइजर बायोएनटेक एक हजार ७५७ ले लगाएका छन् ।

पहिलो मात्रा लगाएका तर दोस्रो मात्रा लगाउने समय भइनसकेको सङ्ख्या २० हजार हाराहारी रहेको छ ।(रासस)

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top