×

NEPAL TIMES UPDATES

Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026
Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026

बताससँग नारायणहिटीको ठेक्का सम्झौता तोडिने, अब नयाँ ठेक्का नलाग्ने

३० पौष, काठमाडौँ । बतास समूहसँग गरिएको नारायणहिटी दरबार संग्रहालयको क्याफेटेरिया सञ्चालन गर्ने सम्झौता तोडिने भएको छ।

कानुनविपरीत ठेक्का सम्झौता रहेको छानबिन समितिले प्रतिवेदन दिएसँगै बताससँग ठेक्का सम्झौता तोड्ने प्रक्रिया थालिएको हो।

Advertisement
Advertisement

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बताससँगको ठेक्का सम्झौता तोडिने बताए।

‘यसका कानुनी कुराहरू के छन्, ती सबै कुरा बुझ्ने काम भइरहेको छ, बताससँग ठेक्का सम्झौता रहन्न,’ मन्त्री आलेले बताए ।

मन्त्री आलेले नारायणहिटी दरबार संग्रहालयमा क्यान्टिन बनाउन अब नयाँ ठेक्का पनि नलाग्ने बताए। त्यहाँ रहेको संरचना खाली रहेको विषयमा के गर्ने भन्ने निर्णय गरिने उनले बताए।

‘नारायणहिटीमा नयाँ ठेक्का कसैलाई दिइँदैन, त्यो संरचना के गर्न भन्ने निर्णय हुन्छ,’ आलेले भने।

बतास समूहले मनपरी संरचना बनाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठित छानबिन समिति गठन गरेको थियो। ती संरचना मन्त्रालयले भत्काइसकेको छ।

गणतन्त्र स्थापनापछि संस्कृति मन्त्रालय मातहत राखिएको नारायणहिटी दरबार संग्रहालयलाई विकास समितिमा लैजाने निर्णय तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको पालामा भएको थियो।

उनले २०७६ मंसिर २ गते यसलाई ‘नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति’का रूपमा परिणत गरेका थिए।

यो निर्णयले नारायणहिटी दरबारका संरचनालाई व्यावसायिक प्रयोजनमा ल्याउन सजिलो हुँदै गयो।

विकास समितिमा रूपान्तरण गरेपछि नै भेषनारायण दाहाललाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो। उनी पुरातत्व विभागबाट रिटायर्ड सहसचिव हुन्।

नारायणहिटी प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गर्ने भएका छन्। त्यो अनुसन्धानपछि क–कसको के संलग्नता भन्ने सप्षट हुने मन्त्री आलेले बताए।

‘नारायणहिटीमा संगठित तरिकाले कौडीको भाउमा भाडामा लगाउने, जथाभावी संरचना बनाउन दिने लगायतका काम भएका छन्,’ आलेले भने।

Advertisement

२०७७ साउनमा क्यान्टिन भाडामा लगाउने भनी टेन्डर आह्वान गरियो। पहिलो एक महिनाको अवधिमा कसैले टेन्डर भरेनन्। पन्ध्र दिन समय थपेपछि तीन वटा कम्पनी प्रतिस्पर्धामा आए। त्यसमध्ये विकास समितिले बतास ग्रुपसँग २०७७ पुसमा सम्झौता गरेको थियो। सम्झौताअनुसार २ लाख २० हजार रुपैयाँ मासिक भाडा बुझाउनुपर्ने थियो।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top