कोहलीले टेस्ट कप्तानी पनि छाडे

कोहलीले टेस्ट कप्तानी पनि छाडे

२ माघ, एजेन्सी ।
भारतीय क्रिकेट टोलीका उत्कृष्ट ब्याटर विराट कोहलीले टेस्ट कप्तानी पनि छाडेका छन् ।

कोहलीले सामाजिक सन्जालबाट कप्तानी छाडेको जनाएका छन् । कोहलीले यसअघि टी–२० एक दिवसीयको कप्तानी छाडेका थिए । सन् २०१४ मा महेन्द्रसिंह धोनीले छाडेपछि कोहलीले भारतीय टेस्ट टोलीको नेतृत्व गर्दै आएका थिए ।

 कोहलीको कप्तानीमा भारतले कुल ६८ टेस्ट क्रिकेट खेलेको छ । जसमा ४० मा जित, १७ मा पराजित र ११ खेलमा बराबरी भएको छ ।

उनले ६८ खेलमा २० शतक प्रहार गरेका छन् । उनी सफल कप्तान समेत हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.