मन्त्री रेणु यादवको बाटो छेक्न सीके राउतका कार्यकर्ता सडकमा

१ माघ ७८, आइतबार

२ माघ, धनुषा ।
जनता समाजवादी पार्टीको नेता तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव धनुषाको मुखियापट्टि मुसहरनीयामा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा सहभागी जनाउन आउने भएपछि जनमत पार्टीका कार्यकर्ताले उनीविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

सीके राउतका कार्यकर्ताले किसानको मुद्दामा सरकार मौन रहेको भन्दै मन्त्री रेणु यादवलाई प्रवेश गर्न नदिने अडानसहित प्रदर्शन गरिरहेका हुन् । जनमत पार्टीको नेता कार्यकर्ताहरूले धनुषाका विभिन्न ठाउँमा बिहानैदेखि टायर बालेर प्रदर्शन गरेका छन् ।

धनुषाको नगराईनसहित, देवपुरा रुपैठा लगायतको क्षेत्रमा राउतका कार्यकर्ताहरूले सडकमा बिहानैदेखि टायर बालेर प्रदर्शन गरिरहेका हुन् । यता धनुषा प्रहरी प्रवक्ता डीएसपी दिपेन्द्रकुमार बस्नेतले सुरक्षा व्यवस्था कडा पारेको बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top