×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

कोरोनाको तेस्रो लहरबाट आम नागरिकलाई जोगाउन सक्दो प्रयास गरिरहेका छौँः गृहमन्त्री

२ माघ, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले कोरोनाको तेस्रो लहरबाट आम नागरिकलाई जोगाउन सरकारले सक्दो प्रयास गरिरहेको बताएका छन् ।

२४ औं भूकम्प सुरक्षा दिवस २०७८ को अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले कोरोनाको तेस्रो लहरबाट आम नागरिकलाई जोगाउन सरकार लागिरहेको बताएका हुन् ।

Advertisement
Advertisement

उनले कोरोनाबाट बचाउन सरकारसहित विभिन्न निकायहरुले संक्रमणको रोकथाम र व्यवस्थापन गरिरहेको समेत बताए । मन्त्री खाँणले भौतिक पूर्वाधार निर्माणको प्रोटोकललाई अवलम्बन गरेर निर्माण प्रक्रियामा अघि बढ्न सके मात्रै विगतमा भएका ठूला नोक्सानीलाई कम गर्न सकिने बताए ।

गृहमन्त्री खाँणले भने, ‘हामी सबै विषम परिस्थितीमा छौं । कोरोनाको तेस्रो लहरको कारण नेपाली जनता अहिले आक्रान्त भएका छन् । सरकारसहित सबै निकायले आम नेपालीहरुको जीवन रक्षाका लागि संक्रमणको रोकथाम, व्यवस्थापन गरिरहेका छौं । स्थानीय जनप्रतिनिधिहरुलाई निर्माणको हाम्रो प्रोटोकललाई अवलम्बन गरेर निर्माण प्रक्रियामा अघि बढ्न अनुरोध गर्दछु । यो गर्न सके विगतमा भएका ठूला नोक्शानीलाई रोक्न सक्छौँ । व्यवस्थापन गर्न सक्छौँ ।’

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संघीय सरकार र स्थानीय सरकारबीच समन्वय हुन नसक्दा भूकम्पले क्षति बनाएको केही भौतिक संरचना अझै बन्न नसकेको बताए ।

उनले महानगरले आफूसँग पर्याप्त बजेट भएको र संरचना बनाउँछु भन्दा पनि सरकारले स्वामित्व हस्तान्तरण गर्न आनाकानी गरिरहेको गुनासो समेत गरे । मेयर शाक्यले टेको लगाएर राखिएका भवनहरु वर्षा हुँदा समेत भत्किने खतरा रहेको भन्दै भवन बनाउने अनुमति दिन सरकारसँग आग्रह गरे ।

मेयर शाक्यले भने, ‘समन्वय नहुँदा अहिले पनि केही मठ मन्दिर, केही त्यस्ता संरचनाहरु टेको लागेका छन् । कसले बनाउने, गुठीले बनाउने कि ? पुरातत्वले बनाउने कि, महानगरले बनाउने ? भन्ने दोधार छ । हामी बनाउँछौं, हामीसँग पर्याप्त बजेट छ भन्दा भन्दै अहिलेसम्म स्वामित्व हस्तान्तरण नगरेको, जिम्मेवारी नदिएको कारणले अहिले पनि केही घरहरु शहर भित्रै टेको लगाएका देख्न सक्नुहुन्छ । त्यसलाई समन्वय गरिदिन मान्य गृहमन्त्रीलाई अनुरोध गर्दछु । नेपाल सरकार र स्थानीय सरकारबीच समन्वय नहुँदा, पुरातत्व गुठी संस्थानसँग समन्वय नहुँदा लालपूर्जा एकसँग हुने उसले नबनाउने । हामीलाई पनि बनाउन नदिँदा त्यस्ता भवनहरु रहेका छन् । अहिले पनि भूकम्प नजाँदा पनि सामान्य वर्षा हुँदा पनि भत्किन सक्ने भएकोले त्यस्ता भवनहरु बनाउन अत्यावश्यक भइसकेको छ ।’

Advertisement

मेयर शाक्यले विभिन्न आगजनीका घटनाबाट हुने मानवीय र भौतिक क्षतिलाई कम गर्न महानगरपालिकाले काठमाडौंका विभिन्न स्थानमा दमकल सेन्टर सञ्चालन गरिरहेको र यसलाई अझ प्रभावकारी बनाउन स्थानीय सरकारसँग नेपाल सरकारले समन्वयकारी भूमिका खेल्नुपर्ने बताए ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top