रेणु यादवलाई विश्वप्रकाश शर्माको सुझावः माफी या राजीनामा, नभए प्रधानमन्त्रीद्वारा पदमुक्त

रेणु यादवलाई विश्वप्रकाश शर्माको सुझावः माफी या राजीनामा, नभए प्रधानमन्त्रीद्वारा पदमुक्त

८ माघ, विराटनगर ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको अभिव्यक्ति प्रकरण सल्ट्याउने तीन विकल्प प्रस्तुत गरेका छन्।

कोभिड– १९ संक्रमणका कारण आइसोलेसनमा रहेका शर्माले मन्त्री यादवको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमार्फत तीन विकल्प प्रस्तुत गरेका हुन्।

शर्माले मन्त्रीको अभिव्यक्ति गैह्र जिम्मेवार भन्दै प्रस्तुत गरेको तीन विकल्पमा भुल सुधारदेखि राजीनामा दिनसमेत आग्रह गरिएको छ। यदि यसो नभएमा प्रधानमन्त्री शेरबहादुर देउवाले यादवलाई मन्त्रीबाट पदमुक्त गर्नुपर्ने उनको सुझाव छ।

महामन्त्री शर्माले विगतको हिंसा देशका लागि गम्भीर पाठ बन्नुपर्ने उल्लेख गर्दै रोमान्सको अभिव्यक्ति बन्न नहुने बताएका छन्। विगतको हिंसा देशका लागि गम्भीर पाठ बन्नुपर्छ, रोमान्सको अभिव्यक्ति बन्नुहुन्न, शर्माले लेखेका छन्।

गत बुधवार रौतहटको गौर पुगेर मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष डा सीके राउतविरुद्ध हिंसात्मक अभिव्यक्ति दिएकी थिइन्। उक्त अभिव्यक्तिको चौतर्फी विरोध हुन थालेपछि कांग्रेस महामन्त्री शर्माले ट्वीटरमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका हुन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.