सात वटै प्रदेशमा सिटामोल वितरणः सञ्चित नगर्न सरकारको आग्रह

८ माघ, काठमाडौं ।
सरकारले सात वटै प्रदेशमा सिटामोल वितरण गरेको जनाएको छ ।

Advertisement

सबै प्रदेशमा गरी एक करोड ३३ लाख ४२ हजार ट्याब्लेट सिटामोल वितरण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

केन्द्रीय मेडिकल स्टोर बाराबाट प्रदेश एकको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरलाई २७ लाख ६४ हजार, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनुषालाई २१ लाख ३० हजार, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडालाई १० लाख ९८ हजार ट्याब्लेट सिटामोल पठाइएको स्वास्थ्य मन्त्रालयको दाबी छ ।

Advertisement

गण्डकी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखरालाई १८ लाख, लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवललाई २७ लाख ३० हजार, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र नेपालगञ्ज र कर्णाली प्रदेशलाई समेत गरी १० लाख २० हजार र सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीलाई १८ लाख ट्याब्लेट सिटामोल वितरण भएको छ ।

एक करोड ३३ लाख ४२ हजार ट्याब्लेट वितरण गरेर ११ लाख ५८ हजार सिटामोल मौज्दात रहेको मन्त्रालयले जनाएको छ । यसअघि काठमाण्डौ उपत्यकालगायत देशका मुख्य सहरमा सिटामोल अभावको गुनासो आएको थियो ।

Advertisement

तर सरकारले सिटामोलसहितका अन्य औषधि निरन्तर आपूर्ति भएकाले कुनै पनि अभाव नरहेको र सञ्चित नगर्न नागरिकलाई आग्रह गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top