थप ४ हजार ९ सय ४ जनामा कोरोना पुष्टि, निको हुनेको सङ्ख्या धेरै

१४ माघ ७८, शनिबार

१५ माघ, विराटनगर ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुने भन्दा निको हुनेको संख्या धेरै भएको छ ।

चार हजार नौ सय चार जनामा कोरोना संक्रमण पुष्टि भएको र पाँच हजार नौ सय २४ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १४ हजार ५६२ परीक्षण हुँदा ४ हजार ९०४ जना संक्रमित थपिएको शनिबार जानकारी दिएको हो । १० हजार १०१ पीसीआर परीक्षण गर्दा ३ हजार ३१८ मा संक्रमण पुष्टि भएको र ४ हजार ४६१ मा एन्टिजेन परीक्षण हुँदा १ हजार ५८६ मा पोजिटिभ देखिएको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा मात्रै एक हजार ८ सय २० जना संक्रमित थपिएका छन्। काठमाडौंमा १४०४, भक्तपुरमा १११ र ललितपुरमा ३०५ संक्रमित थपिएका छन्। यस्तै काठमाडौं उपत्यकामा ५२ हजार ७६४ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३७०३४, ललितपुरमा १०१२५ र भक्तपुरमा ५६०५ सक्रिय संक्रमित छन्।

२४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुगेको छ । २४ घण्टामा २ लाख ७२ हजार ७४८ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ । यस्तै सक्रिय संक्रमितको संख्या भने ८७ हजार ३२९ पुगेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top