आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित

आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित

१६ माघ, काठमाडौँ । आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

बैठक अब आउँदो २६ गते बस्नेछ । संसद् सचिवालयले विज्ञप्ति निकालेर कोभिड–१९ सङ्क्रमणको जोखिम यथावत् रहेको कारण बैठक स्थगित गरिएको जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको लगातारको अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा अगाडि बढ्न सकेको छैन ।

यस्तै, संसद् बैठक स्थगित भएसँगै आजका लागि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.