२४ घण्टामा ५२९२ जना सङ्क्रमित थपिँदा ८१९१ जना निको भए

१७ माघ, काठमाडौँ । लगातार तेस्रो दिन आज सोमवार पनि कोरोनाका थपिने सङ्क्रमितको भन्दा निको हुनेको सङ्ख्या धेरै भएको छ । पछिल्लो २४ घण्टामा आठ हजार एक सय ९१ जना निको भएका छन् भने पाँच हजार दुई सय ९२ जना सङ्क्रमित थपिएका छन् ।

निको भएका थप आठ हजार एक सय ९१ जनासहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ६२ हजार आठ सय ९८ पुगेको छ ।

अहिले नेपालमा ७९ हजार दुई सय ७२ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै एन्टिजेन र पीसीआर गरी १६ हजार ८८ जनाको नमुना परीक्षण गर्दा पाँच हजार दुई सय ९२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सङ्ख्यामा एसएमएस र इमेलबाट प्राप्त भएको आरडीटी र एन्टिजेनको विवरण पनि समावेश भएको मन्त्रालयको भनाइ छ ।

यस्तै कोरोना सङ्क्रमणका कारण २४ घण्टामा आठ जनाको ज्यान गएको छ । थपिएका आठ जनासँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार सात सय ४३ पुगेको छ ।

यस्तै थप तीन लाख ६६ हजार ६ सय तीन जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म एक करोड ६६ लाख ७० हजार सात जनाले कम्तीमा एक मात्रा, एक करोड ४२ लाख चार हजार दुई सय ७० जनाले दुई मात्रा र तीन लाख ६९ हजार दुई सय २६ जनाले ’बुस्टर’ मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top