कोरोना महामारीको बेला भोजमा सहभागी भएका बोरिस जोन्सनले माफी मागे

१७ माघ ७८, मंगलबार

१८ माघ, एजेन्सी ।
कोरोना महामारीका बेला भोजमा सहभागी भएका कारण आलोचना भएपछि ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सनले माफी मागेका छन् ।

सरकारी आवास १० डाउनिङ स्ट्रिटमा आयोजित एक भोजमा सहभागी भएपछि उनको आलोचना भएको थियो । आलोचनापछि उनले संसदमा माफी मागेको बीबीसीले जनाएको छ । यद्यपि विपक्षी लेबर पार्टीले भने ‘लाच पचेको मान्छे’ भन्दै प्रधानमन्त्री जोन्सनको राजीनामा मागेको छ ।

उनले आफूबाट गल्ती भएको स्वीकार्दै छानविन रिपोर्टलाई स्वीकार गर्ने बताएका छन् । बीबीसीका अनुसार उनले भनेका छन्, ‘हामीले ऐना हेर्नुपर्छ र सिक्नुपर्छ । यसको मतलव यो होइन कि सबै कुरा नियम अनुसार नै भएको थियो ।’

Advertisement

विपक्षी लेबर पार्टीका नेता किर स्टार्मरले भने प्रधानमन्त्री जोन्सनले राजीनामा दिनुपर्ने आवाज सुरुदेखि नै उठाउँदै आएका छन् । उनले संसदमा पनि आफ्नो माग दोहोर्याए । उनले भनेका छन्– प्रधानमन्त्री र यस कार्यक्रमसँग सम्बन्धित सबैले आफ्नो कद आफैं घटाएका छन् । साथै उनीहरुले सरकार र जनताको विश्वास तोडेका छन् ।

यसैगरी ब्रिटेनकी पूर्व प्रधानमन्त्री टेरिजा मेले पनि संसदमा प्रधानमन्त्री जोन्सनको आलोचना गरेकी छन् । उनले भनिन्– कोरोनाका कारण प्रतिबन्ध लागू छ । ती नियमहरु प्रधानमन्त्रीलाई थाहा थियो कि थिएन भनेर जान्ने अधिकार जनतालाई छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top