मापदण्ड विपरीत बढी चुनढुङ्गा निकालेर राजस्व छल्ने पाल्पाका २ उद्योग बन्द

Share this
724shares

१९ माघ, काठमाडौँ । मापदण्डभन्दा धेरै बढी चुनढुङ्गा निकालेर राजस्व छल्ने पाल्पाका २ उद्योग बन्द भएका छन् । सिद्धार्थ मिनिरल्स प्रा.लि. र डोलोमाइड चुनढुंगा उद्योग प्रा.लि. बन्द भएका हुन् ।

Advertisement

वन तथा भूसंरक्षण विभागले मापदण्ड विपरीत चलेका खानी बन्द गर्न भनेपछि डिभिजन वन कार्यालय पाल्पाले खानी सञ्चालनमा रोक लगाएको हो ।

जिल्ला वन कार्यालय, पाल्पाका प्रमुख दीपक ज्ञवालीका अनुसार बढी चुनढुंगा उत्खनन गरेर राजस्व छली गरेका अन्य दुई सर्वोेत्तम सिमेन्ट लिमिटेड र कन्चन क्वारिज प्रा.लि. भने अहिले पनि सञ्चालनमा छन् ।

Advertisement

खानी विभागले स्वीकृति दिएको भन्दा अत्याधिक चुनढुंगा उत्खनन गरेर राज्यलाई राजस्व नतिरी घाटा गराएको प्रमाणका आधारमा अख्तियारमा मुद्दा दायर भएपनि सर्वोेत्तम सिमेन्ट लिमिटेड र कन्चन क्वारिज सञ्चालन भैरहेको पाइएको छ ।

आर्थिक वर्ष २०७४/०७५ तथा ०७५/०७६ मा मापदण्ड भन्दा बढी चुनढुंगा उत्खनन गरेका पाल्पाका ४ खानी उद्योगले झण्डै ७४ करोड बढी रावस्व ठगी गरेको प्रमाणका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर भएको छ ।

Advertisement

खानी विभागका महानिर्देशक रामप्रसाद घिमिरे उपमहानिर्देशक रहँदा बनेको छानविन समितिले दिएको प्रतिवेदन अनुसार तिनाउ गाउँपालिकाको श्रीडाँडामा सञ्चालित सिद्धार्थ मिनिरल्स प्रालिबाट ४९ करोड ४५ लाख ५१ हजार रुपैयाँ राजस्व असुल गर्नुपर्नेछ ।

अनुसन्धानपछिको प्रतिवेदनले तिनाउँकै कचलमा सञ्चालित सर्वोेत्तम सिमेन्ट प्रालिले १६ करोड ५५ लाख २४ हजार, तिनाउकै डोलोमाइड चुनढुंगा प्रालिले ५ करोड ४३ लाख २१ हजार र कञ्चन क्वाररिजले ३ करोड ८ लाख ६९ हजार रुपैयाँ राजस्व तिर्नुपर्ने उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top