पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनले गरेको प्रदर्शनमा झडप

१९ माघ, धनगढी । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियु र युवा संघले गरेको प्रदर्शनमा झडप भएको छ ।

Advertisement

धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडि युवाहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाउँदा प्रहरीले प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो।

झडपका क्रममा प्रहरी र विद्यार्थीतर्फका गरेर ८ जना घाइते भएका छन्।

Advertisement

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले झडपका क्रममा वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गौरीप्रसाद जैशीसहितका तीन जना घाइते भएको बताए । प्रमुख प्रहरी निरीक्षक जोशीको कानमा चोट लागेको छ।

उनका अनुसार अन्य दुई जना प्रहरी हवल्दार र प्रहरी जवान पनि समान्य घाइते भएका छन् ।

Advertisement

यस्तै झडपमा अनेरास्ववियु र युवा संघका ५ जना घाइते भएका छन् । अनेरास्ववियु कैलालीका संयोजक किशोर शाह, कुल रावल, हरीद्वारी राना, युवा संघका धनगढी नगर संयोजक अभिशेक नाथ (लोक), रोहित बोगटी र अमर सिंह राना घाइते भएका छन्।

उनीहरूको हातखुट्टा र टाउकोमा चोट लागेको युवा संघले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top