रुसले युक्रेनमाथि आक्रमण गरे ५० हजार सर्वसाधारणको मृत्यु हुनसक्ने अमेरिकी चेतावनी

२३ माघ, बीबीसी ।
अमेरिकी सुरक्षा अधिकारीहरूले युक्रेनमाथि रुसले आक्रमण गरे ५०,००० सर्वसाधारणहरूको मृत्यु हुनसक्ने चेतावनी दिएको विवरण आएका छन्।

Advertisement

राष्ट्रपति जो बाइडनको नेतृत्वमा रहेको अमेरिकी प्रशासनका वरिष्ठ सदयहरूले वाशिङ्गटनमा राजनीतिज्ञहरूलाई यसै साता दिएको पछिल्लो गोप्य सूचनामा सो कुरा भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

युक्रेनमाथि पूर्ण रूपमा आक्रमण गर्नका लागि आवश्यक पर्ने झन्डै ७० प्रतिशत सैन्य शक्ति रुसले जम्मा गरिसकेको अमेरिकी अधिकारीको दाबी छ। अधिकारीहरूले त्यस्तो आक्रमण भएको अवस्थामा युरोपमा शरणार्थी सङ्कट उत्पन्न हुने जनाएका छन्।

Advertisement

तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमणबारे निर्णय गरे–नगरेको विषयबारे भने आफूहरूले बताउन नसक्ने कुरामा उनीहरूले जोड दिएका थिए। मस्कोले भने युक्रेनमाथि आक्रमण गर्ने आफ्नो योजना नरहेको बताउँदै आएको छ।

तर युक्रेनसँगको सीमानजिकै रुसले बख्तरबन्द गाडी र तोपसहित हातहतियार अनि हवाई सामर्थ्य देखिने गरी झन्डै एक लाख सैनिक तैनाथ गरेको छ।

Advertisement

पृष्ठभूमि

रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायद्वीपलाई आफ्नो नियन्त्रणमा लिएको र पूर्वी डोनबास क्षेत्रको रक्तपातपूर्ण विद्रोहलाई समर्थन गरेको झन्डै आठ वर्षपछि तनाव पुनः चर्केको हो। मस्कोले युक्रेन सरकारलाई पूर्वी क्षेत्रमा शान्ति पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय सम्झौताहरू लागु गर्न असफल भएको आरोप लगाएको छ।

त्यस क्षेत्रमा हालसम्म कम्तीमा १४,००० मानिसको ज्यान गइसकेको छ र रुस समर्थित विद्रोहीहरूले अधिकांश क्षेत्रहरू नियन्त्रण गरेका छन्। युक्रेनमा रुसी आक्रमणको निरन्तरको चिन्तामाझ गत साता युरोपमा थप सेना पठाउने पेन्टागनले जनाएको थियो।

अमेरिकी सैनिकहरूले युक्रेनमा लड्ने छैनन् तर अमेरिकी साझेदारको सुरक्षा गर्न काम गर्नेछन्। उक्त अमेरिकी निर्णयलाई रुसले विनाशकारी कदम भनेको छ। विश्वका सबैभन्दा ठूला आणविक हतियार भएका रुस र अमेरिका बीचको शीतयुद्ध कालदेखि द्वन्द्व रहेको छ।

युक्रेन कम्युनिस्ट सोभियत सङ्घको महत्त्वपूर्ण हिस्सा रहेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top