एमसीसीको सीईओमा एलिस अलब्राइट चयन, बाहले दिए बधाई

२६ माघ, एजेन्सी ।
एमसीसीको मुख्य कार्यकारी अधिकृत (सीईओ)मा एलिस अलब्राइट चुनिएकी छन् ।

अलब्राइटलाई सीईओ बनाउने प्रस्ताव अमेरिकी सिनेटबाट सर्वसम्मत पास भएको एमसीसीले प्रेस विज्ञप्ति मार्फत् जानकारी दिएको हो ।

एमसीसीका कार्यवाहक सीईओ महमुद बाहले एलिसलाई बधाई दिंदै उनको स्वागतका लागि उत्साहित भएको बताएका छन् । ‘संयुक्त राज्य अमेरिका र एमसीसी परिवार हामी सबै एलिसलाई स्वागत गर्न निकै उत्साहित छौं,’ उनले भनेका छन् ।

एमसीसीको इतिहासको एक महत्वपूर्ण समयमा एलिस नेतृत्वमा आएको उनले उल्लेख गरेका छन् । एमसीसी एक अमेरिकी सरकारी एजेन्सी हो । उसले गरिबी घटाउन भन्दै विश्वका विभिन्न देशहरुमा अनुदान सहयोग दिंदै आएको छ ।

नेपालमा पनि अमेरिकाले एमसीसीमार्फत करिब ६० अर्ब रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । तर विभिन्न बहस र विवादका कारण त्यो संसदबाट पास हुन सकेको छैन ।

नेपाल सरकार र अमेरिकाबीच १४ सेप्टेम्बर २०१७ अर्थात् २०७४ साल भदौ २९ गते एमसीसीसम्बन्धी सम्झौता भएको थियो । विद्युत प्रसारण लाइन निर्माण र सडक पूर्वाधारमा सहयोग सम्झौता भए पनि अझै कार्यान्वयन हुन सकेको छैन ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top