×

NEPAL TIMES UPDATES

Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026

राष्ट्र उत्थान लघुवित्तको आईपीओ फागुन ४ गतेदेखि निष्कासन हुँदै

२६ माघ २०७८

२६ माघ, काठमाडौं ।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ४ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ।

काभ्रेपलाञ्चोकको साँगामा केन्द्रीय कार्यालय रहेको संस्थाले आव २०७८–०७९ को दोस्रो त्रैमाससम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आकर्षक प्रगति हासिल गरेको छ।

संस्थाले खुद मुनाफमा १४८ प्रतिशत, रिजर्भमा ७९ प्रतिशत, कर्जा लगानीमा ६४ प्रतिशत, खुद व्याज आम्दानीमा ५७ प्रतिशतलगायत अधिकांश सूचकमा प्रगति हासिल गरेको जनाएको हो।

संस्थाले खराब कर्जा करिब ५९ प्रतिशत घट्न गई १.०३ प्रतिशतमा सीमित राख्न सफल भएको छ। संस्थाले हालसम्मको सञ्चित मुनाफा र चालु आर्थिक वर्षको बाँकी ६ महिनामा आर्जन गर्ने मुनाफाबाट आगामी वर्ष शेयरधनीहरुलाई करिब ५० प्रतिशतभन्दा बढी लाभांश सजिलै बाँड्न सक्ने बताइएको छ।

संस्थाको प्रकाशित आह्वानपत्रबमोजिम वित्तीय संस्थाको आर्थिक वर्ष ०७८–०७९ मा खुद मुनाफा करिब रु ८ करोड ५ लाख, आव ०७९–०८० मा रु १९ करोड ७३ लाख र आव ०८०–०८१ मा रु २७ करोड ५ लाख हुने र सोही अवधिमा प्रतिशेयर आम्दानी क्रमशः रु ३०.९८, रु ७५.९० र रु १०४.०४ हुने प्रक्षेपण गरिएको छ।

जसले भविष्यमा लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सक्ने देखिएको हुँदा ढुक्क भएर आईपीओमा लगानी गर्न संस्थाले आह्वान गरेको छ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top