राप्रपाको पदाधिकारी बैठक आज बस्दै

२७ माघ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पदाधिकारी बैठक आज बस्दैछ।

पार्टीको आन्तरिक विवाद र निर्वाचन आयोगले उठाएको विधानसम्बन्धी सरोकारबारे छलफल गर्न आज पदाधिकारी बैठक बोलाइएको हो । पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गरेपछि बस्न लागेको यो बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ।

गएको मंसिरमा एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देनको नेतृत्वमा निर्वाचित नयाँ कार्य समितिले पूर्वाग्रही भएर पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनीत गरेको तथा निर्वाचनमा भएको बाह्य हस्तक्षेपको छानबिन गर्न समिति गठन नगरेकोलगायत विषयलाई लिएर असन्तुष्टि व्यक्त गर्दै थापाले पार्टी परित्याग गरेका हुन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top