समयमै पुल नबन्दा जिल्लावासी आक्रोशित

३० साउन ७५, बुधबार
Share this
800shares

खोटाङ, साउन ३०
तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने साप्सु खोलामा निर्माणाधीन पुल दोस्रो पटक थपिएको म्याद गुजँ्रदा पनि नबनेपछि जिल्लावासी आक्रोशित बनेका छन् ।

Advertisement

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे जोड्ने ६५ मिटर लम्बाइ भएको पुलको अहिलेसम्म ७० प्रतिशत मात्र काम सम्पन्न भएको छ । निर्माण कम्पनी देवसायर एण्ड कान्छाराम जेभीले आर्थिक वर्ष ०७४/७५ असार मसान्तभित्रमा पुल निर्माण सम्पन्न गर्ने बताउँदै आएको थियो ।

रु ६ करोडको लागतमा १८ महिनाभित्र सम्पन्न गर्नेगरी निर्माण थालिएको पुलको अझै ३० प्रतिशत काम बाँकी रहेको छ । फर्मा र रड अड्याएर ढलान गर्न ठड्याइएको फलामे टेको बगाएपछि निर्माण पछाडि धकेलिएको ठेकेदार कर्ण खत्रीले बताए । “वर्षाका कारण पुलको काम असार मसान्तभित्रमा पूरा गर्न सकिएन”, उनले भने “अहिले ७० प्रतिशत काम सकिएको छ, कात्तिकसम्ममा पूरा गर्छौं ।”

Advertisement

समयमा पुल निर्माण नहुँदा वर्षायाममा दिक्तेलबाट फोक्सिङटार हुँदै गाईघाट जाने र आउने यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । दिक्तेलबाट उदयपुर पुग्नका लागि सबैभन्दा छोटो मार्गको रूपमा रहेको पुल सम्झौता अवधिमा निर्माण नहुँदा जिल्लामा हुने सार्वजनिक कार्यक्रममै ठेकेदारविरुद्ध चर्को आलोचना हुने गरेको छ ।

पुल निर्माणको काममा ठेकेदारको ढिलासुस्ती देखिएको स्थानीयवासीको गुनासो छ । पुल निर्माण नहुँदा हिउँदभर सञ्चालन हुने दिक्तेल–रसुवाघाट सडक वर्षा लागेसँगै बन्द हुने गरेको छ ।
(रासस)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top