×

NEPAL TIMES UPDATES

Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-23-2083 || Nepal Times
May 06, 2026
Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026
Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026

रुसले देशभित्र कस्तो भाष्य निर्माण गरिरहेको छ ?

४ फाल्गुन २०७८

४ फागुन, बीबीसी ।

रुसले युक्रेनसँग जोडिएको आफ्नो सीमामा सैन्य उपस्थिति निरन्तर बढाइरहँदा उसले सञ्चारमाध्यमको भाष्य पनि नियन्त्रण गर्ने प्रयास गरिरहेको छ। तर त्यसमध्ये कति भ्रामक छन् ?

Advertisement
Advertisement

अपुष्ट समाचारको प्रवर्द्धन
युक्रेनलाई नकारात्मक ढङ्गले प्रस्तुत गर्ने भावनात्मक सामग्री र प्रश्नवाचक दाबीहरूलाई प्रवर्द्धन गर्ने इतिहास रुसी सञ्चारमाध्यमहरूले बोकेका छन्।

एउटा बारम्बार उद्धृत गरिने उदाहरणमा सन् २०१४ मा रुसी सरकारी टेलिभिजनले पटकपटक एक महिला शरणार्थीको भनाइ प्रसारण गरेको थियो जसमा ती महिलाले युक्रेनी फौजले तीन वर्षीय एक बालकको हत्या गरेको दाबी गरेकी थिइन्।

उनको दाबी पुष्टि गर्न कुनै पनि प्रमाण प्रस्तुत भने गरिएको थिएन र पछि उक्त समाचारलाई हटाइएको थियो। उक्त प्रकरणपछि हत्या गरिएका बालकको कथाका नामले चर्चित भयो।

पछिल्लो पटक रुसी र क्रेम्लिन समर्थक सञ्चारमाध्यमहरूले युक्रेनी सुरक्षा फौजले बेलारुसको सीमानजिकै आप्रवासीहरूलाई गोली हानिरहेको आरोप लगाइएको अपुष्ट भिडिओबारे खबरहरू प्रसारण गरिरहेका छन्।

एकदमै खराब गुणस्तरको क्लिप एउटा इन्फ्रारेड क्यामेरामार्फत् खिचिएको थियो र त्यसलाई गत डिसेम्बरको सुरुमा फेसबुकमा राखिएको थियो। त्यसपछि कैयौँ रुसी सञ्चारमाध्यमले स्थानीय सञ्चार विवरण भन्दै युक्रेनी फौजहरूले शरणार्थीमाथि गोली चलाइरहेको जनाएका थिए।

जुन सैनिकको फेसबुक खातामा सबैभन्दा पहिला भिडिओ आएको थियो उनले आफ्नो खाता ह्याक गरिएको बताएका छन्। एउटा स्थानीय समाचार वेबसाइट र एउटा स्थानीय गैरसरकारी संस्था जसले त्यसबारे समाचार प्रकाशित गरे उनीहरूले पनि आफूहरू ह्याकरको निशानामा परेको जनाएका छन्।

बीबीसीले ती साइटहरू ह्याक भएका थिए वा थिएनन् भन्ने स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।

युक्रेनलाई नाजी समर्थकका रूपमा चित्रण

युक्रेनलाई नाजीवादसँग जोडिएको देशको रूपमा प्रस्तुत गर्नु रुसी सञ्चार सामग्रीको नियमित विशेषता हो।

त्यसको उदाहरण, रुसी विदेश मन्त्रालयले सामाजिक सञ्जालमा राखेको एउटा पोस्ट हो जसमा आफूले नाजीवादको अतिरञ्जनाको निन्दा गर्दै राष्ट्रसङ्घमा प्रस्तुत गरेको प्रस्तावको विपक्षमा युक्रेनले मतदान गरेको उल्लेख गरिएको छ।

सो ट्विटमा १३० वटा देशले उक्त प्रस्तावको पक्षमा र दुईवटा देशले मात्रै विपक्षमा मतदान गरेको उल्लेख गरिएको छ। उक्त प्रस्तावलाई दुईवटा देशले समर्थन नगरेको साँचो हो। तर रुसी मन्त्रालयको पोस्टले उनीहरूले निर्णय लिँदाको सन्दर्भ भने प्रस्तुत गरेन।

युक्रेनले प्रोपगान्डाको उद्देश्यले उक्त प्रस्ताव ल्याइएकोले आफूले त्यसलाई अस्वीकार गरेको बताउने गरेको छ। संयुक्त राज्य अमेरिकाले उक्त दस्तावेजले अप्रत्यक्ष रूपमा रुसी मिथ्या सूचना अभियानलाई वैधानिकता दिने प्रयास गरेको दाबी गरेको थियो।

अमेरिका र युक्रेन दुवैले मतदानपछि नाजीवादलाई निन्दा भने गरेका थिए। युक्रेनका चरम दक्षिणपन्थी समूह र नवनाजीहरूको सम्बन्धलाई लिएर पनि चिन्ता व्यक्त भएका छन्। विशेषगरी द्वन्द्वको समयमा युक्रेनको राष्ट्रवादी एजोभ बटालियनले उच्च महत्त्व पाएको थियो र त्यो अहिले उक्त मुलुकको एउटा सैन्य एकाइका रूपमा रहेको छ।

तर चरम दक्षिणपन्थी समूहहरू त्यहाँ अहिले सानो अल्पसङ्ख्यक समुदायमा रहेका छन्। र, सन् २०१९ को चुनावमा त्यस्ता समूह र उम्मेदवारहरू संसद्‌मा प्रवेशका लागि आवश्यक न्यूनतम पाँच प्रतिशत मतको थ्रेसहोल्ड प्राप्त गर्न सानो परिमाणले चुकेका थिए।

गत नोभेम्ब यता युक्रेनलाई नाजीवादसँग जोड्ने समाचारहरूमा ठूलो वृद्धि देखिएको क्रेम्लिन समर्थक सामाजिक सञ्जालका सयौँ खाताको अनुगमन गर्ने एउटा प्रविधि कम्पनी लोजीकल्लीले जनाएको छ। लोजीकल्लीका ब्रायन मर्फीका अनुसार ती धारणालाई रुस समर्थक सञ्चारमाध्यमहरूलाई व्यापक रूपमा सेअर गरिएको थियो।

रुसी सूचना युद्धनीतिबारे नेटोका लागि एउटा प्रतिवेदन लेखेका किअर जाइल्सका अनुसार रुसले आफ्ना विपक्षी र युरोपका पीडितहरूलाई तुरुन्तै नाजीको आरोप लगाउने गरेको छ। हामीले यो युक्रेनमा मात्रै देखेका छैनौँ, अरू बालटिक मुलुकलाई पनि उसले त्यसरी नै निन्दा गर्ने गरेको छ।

पाठक प्रतिक्रियालाई जनमतका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति

हालैका हप्तामा केही रुसी सञ्चारमाध्यमहरूले कतिपय पश्चिमा सञ्चारमाध्यमका वेबसाइटमा प्रयोगकर्ताहरूले गरेका टिप्पणीका आधारमा युक्रेनमाथि अन्तर्राष्ट्रिय समर्थनसम्बन्धी भ्रामक विवरण प्रकाशित गरेका छन्।

सरकारी समाचार एजेन्सी आरआइए नोभोस्टीले ज्यानुअरीको अन्त्यतिर प्रकाशन गरेको एउटा लेखमा डेली एक्सप्रेसका ब्रिटिस पाठकहरूले नेटोभन्दा रुसको बलियो उपस्थिति रहेकाले युक्रेनलाई प्रतिरक्षा गर्न नहुने धारणाप्रति समर्थन जनाएको उल्लेख गरिएको थियो।

अर्कोले पाठकहरूले युक्रेनको सैनिक सामर्थ्यप्रति व्यङ्ग्य गरेको उल्लेख गरेको थियो।

नक्कली खातामार्फत् राखिएका क्रेम्लिन पक्षधर ट्रोलहरूले ब्रिटिश र अन्य विदेशी सञ्चारमाध्यमलाई निशाना बनाएर रुसी स्वार्थलाई प्रवर्द्धन गरिरहेको भन्दै चिन्ता पनि व्यक्त भएका छन्।

अपराध र सुरक्षासम्बन्धी कार्डिफ विश्वविद्यालयको अनुसन्धान इन्स्टिच्युटले अघिल्लो वर्ष गरेको अनुसन्धानले द डेली एक्सप्रेससहित १६ वटा देशका ३२ प्रमुख सञ्चारमाध्यमलाई क्रेम्लिन समर्थक ट्रोलहरूले लक्षित गरेको निष्कर्ष निकालेको थियो।

अनुसन्धानकर्ताहरूले पश्चिमा विरोधी र रुस समर्थक प्रतिक्रियाहरूलाई रुसी भाषाका सञ्चारमाध्यमहरूले समाचारको आधारका रूपमा लिने गरेको उल्लेख गरेका थिए।

पश्चिमा आवाजलाई रुसप्रति समर्थन रहेको देखाउन बढाइचढाइ प्रयोग

मिथ्या सूचनालाई चुनौती दिन बनेको समूह माइथोस ल्याबले गरेको अनुसन्धानअनुसार रुसको पक्षमा प्रोपगान्डा गर्ने खाताहरूबाट गएको नोभेम्बरयता नाटकीय रूपमा गतिविधि बढेको छ।

उक्त महिनामा ती खाताबाट एक दिनमा औसतमा युक्रेनबारे २१३ पटक ट्वीट गरिएका थिए। एउटा रणनीति अनुसन्धानकर्ताहरूले पहिचान गरे अनुसार मस्कोको धारणासँग मिल्दो भनाइ राख्ने गैररुसी आवाजलाई बढाइचढाइ प्रयोग गर्नु थियो।

सन् २०१४ मा युक्रेनको निर्वाचित सरकारलाई अपदस्थ गरेको आरोप अमेरिकामाथि लगाएका अस्ट्रेलियाका पत्रकार जन पिल्गरको खातालाई पनि त्यसो गरिएको थियो।

बाइडनले रुसबारे झूट बोल्छन्,ू पिल्गर भन्छन्, सन् २०१४ मा युक्रेनबाट निर्वाचित सरकारलाई अपदस्थ गरी नेटोलाई रुसको पश्चिमी सीमासम्म पुग्न दिने अमेरिका थियो।

Advertisement
Advertisement

उनको ट्वीटलाई युक्रेनबारे रुसी प्रोपगान्डा फैलाउने भनी पहिचान गरिएका ८७ वटा खाताबाट रिट्वीट गरिएको अनुसन्धानकर्ताहरूले पहिचान गरेका छन्।

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top