आज पनि एमालेले संसदमा अवरोध गर्ने

४ फागुन ७८, बुधबार
Share this
751shares

४ फागुन, काठमाडौं ।
प्रतिनिधिसभाको आज बस्ने बैठकमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता टेबल गर्ने कांग्रेसले तयारी गरेको छ।

Advertisement

यद्यपि बैठकको सम्भावित कार्यसूचीमा एमसीसीको विषय समेटिएको छैन। कांग्रेसको संसदीय दलको मंगलबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदनका लागि टेबल हुने बताएका थिए।

केन्द्रीय कार्यसम्पादन समितिको मंगलबारको बैठकले भने एमसीसी नेपालको हितमा रहेको र यसलाई पास गर्नुको विकल्प नभएको १२ बुँदे धारणा सार्वजनिक गरेको थियो। प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा एमसीसीको विषय उल्लेख नगरिए पनि कार्य व्यवस्था परामर्श समितिमार्फत टेबल हुने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताएका थिए।

Advertisement

सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान साढे ११ बजेका लागि प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। एमालेले भने संसद् बैठक अवरोध गर्ने जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top