सबै तेल बग्दादलाई बुझाउन कुर्दिस्तानलाई इराकी सर्वोच्च अदालतको आदेश, तनाव पुनः बल्झिने संकेत

४ फागुन, एजेन्सी । इराकको सर्वोच्च अदालतले स्वायत्त कुर्दिस्तान क्षेत्रलाई त्यहाँ उत्पादित सबै तेल राजधानी बग्दादको संघीय सरकारलाई बुझाउनुपर्ने आदेश दिएको छ । यो आदेशसँगै कुर्दिस्तान र संघीय सरकारबिचको तनाव पुनः बल्झिन सक्ने देखिएको छ ।

संघीय सर्वोच्च अदालतको फैसलामा कुर्दिस्तान क्षेत्रीय सरकारले संघीय सरकारलाई ‘कुर्दिस्तान तेल क्षेत्रको सम्पूर्ण उत्पादन’ आपूर्ति गर्ने उल्लेख छ । तर बग्दादको कुर्द पेट्रोलको हिस्साबारे वर्षौँको विवादलाई ध्यानमा राख्दै कुर्दिश अधिकारीले यो फैसला पालन गर्ने सम्भावना कम छ ।

पेट्रोलियम निर्यातक देशहरूको संगठन ओपेकमा इराक दोस्रो सबैभन्दा ठूलो उत्पादक हो । इराकको ९० प्रतिशतभन्दा बढी आय देशले प्रति दिन झण्डै ३ दशमलव ५ मिलियन ब्यारेल निर्यात गरेको तेल तथा प्राकृतिक इन्धनमा आधारित रहेको छ ।

Advertisement

अदालतको फैसलाले पनि कुर्दिश अधिकारीलाई ‘तेल र ग्यासको निर्यात र बिक्रीका लागि कुर्दिस्तानले गरेका सबै तेल सम्झौताहरूको पुनरावलोकन गर्न’ भनेको समाचार संस्था एएफपीले जनाएको छ ।

इराकको संघीय सरकारले लामो समयदेखि देशका सबै तेल निर्यातलाई बग्दाद भएर कारोबार गर्न आह्वान गर्दै आएको छ । बग्दाद र कुर्दिशको राजधानी अर्बिलबीच गरिएको सम्झौता अनुसार, संघीय बजेटले व्यवस्था गर्ने आफ्नो हिस्साको बदलामा कुर्दिश क्षेत्रले प्रतिदिन उत्पादन गर्ने चार लाख ब्यारेलभन्दा बढी तेलमध्ये दुई लाख ५० हजार ब्यारेल बग्दादलाई दिँदै आएको छ । यो हिस्सा कुर्दिश निजामती कर्मचारी र सुरक्षा क्षेत्रमा तलबका लागि प्रयोग गरिन्छ ।

Advertisement

सन् १९९१ देखि स्वायत्त रहेको कुर्दिस्तान क्षेत्रले सन् २०१७ मा स्वतन्त्रताको बारेमा जनमत संग्रह गरेको थियो । जसले संघीय सरकारसँग तनाव उत्पन्न गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top