धरान–भेडेटार सडकखण्डको जंगलमा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला

धरान–भेडेटार सडकखण्डको जंगलमा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला

५ फागुन, विराटनगर । धरान–भेडेटार सडकखण्डको जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको छ ।

आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका स्थानीयले जेब्रा झोलाभित्र टाउको र खुट्टा देखेपछि बुधबार प्रहरीलाई खबर गरेका थिए ।

पुरुषको जस्तो देखिने टाउकोको पहिचान नखुलेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

घटनाको इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.