आज बेलुका पनि पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने सम्भावना

आज बेलुका पनि पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने सम्भावना

९ फागुन, काठमाडौँ । आज बेलुका पनि पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद् समिर श्रेष्ठकाअनुसार पश्चिमी न्यून चापीय प्रणालीकै असरका कारण हिजो जस्तै आज बेलुका पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ ।

यो प्रणालीको प्रभाव भोलि भने हट्ने छ । तर, पर्सि फेरि पानी पार्ने अर्को प्रणाली भित्रने सम्भावना रहेकाले पर्सि बुधवार र बिहीवार धेरै ठाउँमा पानी पर्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । उनका अनुसार तराईका जिल्ला बाहेक अन्य क्षेत्रमा पर्सि बुधवार र बिहीवार वर्षाको अनुमान छ ।

यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हिमपात हुनेछ । अहिले पूर्वी क्षेत्र बाहेक अन्य ठाउँको मौसम सामान्यतया सफा रहेको मौसमविद्ले बताएका छन् । तर, बेलुकापछि पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा हुने उनीहरुको भनाइ छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.