९ फागुन, एजेन्सी । बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोभिड–१९ को सङ्क्रमण भएको छ ।
कोभिडको सामान्य लक्षण देखिएपछि गरिएको स्वास्थ्य परीक्षणमा उनलाई सङ्क्रमण पुष्टि भएको बीबीसीले जनाएको छ ।
९५ वर्षकी महारानी आउँदो हप्तासम्म निवासमै जनस्वास्थ्यका मापदण्ड पालना गरेर बस्ने र उनको निरन्तर स्वास्थ्यउपचार भइरहने खबरमा उल्लेख छ । उनले गएको हप्ता दरबारमा केही व्यक्तिलाई भेटेकी थिइन्।
उनीहरूमध्ये एक जना पाहुनालाई कोभिड सङ्क्रमणको स्पष्ट लक्षण देखिएको भनिएको छ । उनको कोभिड–१९ विरुद्धको सबै खोप लगाइसकेकी छिन् ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले महारानी एलिजाबेथ द्वितीयको स्वास्थ्यलाभको कामना गरेका छन् ।
